सर्लाही, १८ चैत । पत्रकार हत्या तथा संचारगृह सहित संचारकर्मीहरु माथि भएको आक्रमणको विरोध स्वरुप सर्लाहीका पत्रकारहरुद्वारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई सोमवार ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरको नेतृत्वमा गएका संचारकर्मीहरुको टोलीले गएको शुक्रवार संघिय राजधानी काठमाडौंको तिनकुनेमा राजावादी समुहको प्रदर्शनको समाचार संकलन गरिरहेका एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रकजको जलेर मृत्यु भएको, संचारकर्मी र संचारगृह माथि भएको आक्रमणको विरुद्ध प्रमुख जिल्ला अधिकारी तुल्सिबहादुर श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् ।
हातमा कालो पट्टि बाँधेर काम गर्दै आएका संचारर्मीहरु नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयद्धारा जारी गरिएका सर्कुलर अनुसार आज प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर संचार क्षेत्र एवं संचारकर्मी माथि भईरहेको आक्रमण प्रति गम्भीर भई घटनामा संलग्न दोषिलाई प्रदत्त कानुन अनुसार कारवाही एवं पीडित परिवारलाई क्षतिपुर्ती दिनु लगायत अगामी दिनमा यस्ता घटना नदोहिरिन राज्यबाट यथोचित रुपमा सम्बोधन हुनपर्ने माग राख्दै ज्ञापन पत्र बुझाइएको छ ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्ष बन्दना झा, मुकेश झा सहितका नेपाल पत्रकार महासंघ सर्लाही शाखाको कार्य समितिका सदस्यहरु, सशस्त्र प्रहरीका एसपी देव चन्द लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट