तराई टप डेष्क
रौतहट, १९ चैत । रौतहटको भारत संग जोडिएका सीमा क्षेत्र भएर राजस्व छलेर आउने र जाने सामानहरुको नियन्त्रणको जति दाबी गरिएपनि कागजम वा आश्वासनमै सिमित रहेको पाइएका छन् ।
रौतहटको मुख्य भन्सार नाका गौरमा सुरक्षाकर्मीहरुको ध्यान अलि बढि केन्द्रीत भएपनि ब्रम्हपुरी, लक्ष्मिपुर बेलविछवा, महादेवपट्टी नाका भएर भारतीय बजार बैरगनियाबाट व्यापारीहरु कैरियर अर्थात तस्करीको माध्यमबाट कपडा, साडी, किराना सामान, धान, स्पेयर पार्टस, लगायतका सामानहरु आउने कार्य जारी रहेका तथा मदिरा सहितका सामान नेपालबाट भारत तर्फ जाने गरेका हुन् ।
यी नाकाहरुबाट ल्याउनमा अलि सुरक्षाकर्मीको आँखा छलेर भित्रयाउने गरिएको भएपनि लालबकैया खोलाको पश्चिम तर्फका नाकाहरु बन्जरहा पूर्व पश्चिम, औरैया, मठिया, महुलिया, लतमरी, जयनगर, खाप, बंकुल, सरमुजवा र अरुवा खोला भएर राजस्व छलेर व्यापक मात्रामा कुखुराको चल्ला, कुखुरा, सुर्ती, सुख्खा पात, चप्पल, साडी, कपडा, रेडिमेट कपडाहरु, खाद्यान्न सामग्रीहरु, चिनी, किराना सामानहरु, स्पेयर पार्टसहरु निर्वाध रुपमा भित्रयाउने गरेका छन् ।
सीमावर्ती क्षेत्रबाट राजस्व छलेर तस्करीको माध्यमबाट भित्रिने यस्ता सामानहरु एवं अवाञ्छित गतिविधि माथि नियन्त्रण गर्न सशस्त्र प्रहरीको प्रस्तावित गुल्म गौर सहित लक्ष्मिपुर बेलविछवा, औरैया, रामपुर खाप र बंकुल गरी पाँच वटा स्थानमा सशस्त्र प्रहरी रहेको तथा नेपाल प्रहरीको सीमा प्रहरी चौकी रहेका छन् । तर यतिको सुरक्षा व्यवस्थापन भएपनि राजस्व छलेर भित्रयाउन तस्करी कार्य निर्वाध रुपमा जारी रहदा उक्त कार्यमा सुरक्षाकर्मीको साँठगाँठलाई नकार्न सकिदैनन् स्थानीयहरु बताउँछन् ।
बन्जरहा सहितका उक्त नाकाहरुबाट अमरजित साह, ओमप्रकाश साह, गणेश, बच्चु महतो, रुपेश, संजय साह, धर्मजित साह, नवल गुप्ता, चतरा भन्ने हरिकुसुन यादव, नवलकिशोर साह, वर्कत मिया लगायतका दर्जनौं कारोवारीहरुले आफना ब्लैक कारोवार जारी राखेको एक कारोवारीले तराई टप लाई बताए ।
स्मरणीय छ की, अनुसार सीमा वारीपारीबाट हुने यस्ता कार्यबाट आर्थिक लाभ मिलाउन विगतका दिनमा रौतहटमा घुमुवा बसिसकेका केही नामचिन्ह् सशस्त्र प्रहरीमा कार्यरत रहेकाहरु विदामा आएर तस्करी कार्यको चाँजोपाँजो मिलाएर गएको बताइएको छ ।
प्रत्येक राति १२ बजे देखि लिएर २ बजेको भित्रमा राजपुर खानेपानी ट्याँकी चोकबाट ७६८८ नम्वरको पिकअप भ्यान निस्कने गरेको छ । नामै काफी छ भन्ने शब्द उक्त भ्यानमा लेखिएको छ । उक्त भ्यानमा के जान्छ र कहाँ जान्छ ? रहस्यको विषय हो ।
तर सम्बन्धित निकायहरु राम्रो कार्य गरिरहेको देखाउदै खुव वाहवाही लिनमा व्यस्त रहेको पाइन्छ । गौर नाका भएर निस्कने सामानहरुलाई भन्सार देखि लिएर बसपार्क, सिसवा, वम नहर, शुकदेव चोक, जयनगर, शिवनगर, झाझ पुल, गरुडा, विर्ता, हर्षाहा, डुमरिया, सन्तपुर सम्म चेक गरिन्छ ।
गौर भएर सर्वसाधारण देखि लिएर साना व्यापारीहरुको समान समातिएर भन्सार बुझाइएको प्रशस्त उदाहरणहरु पाइन्छ । केही दिन अघि १२ हजारको जाबो किराना सामान सहित यात्रुबाहक भारतीय नम्वरको अटोरिक्सालाई समेत बुझाउने कार्य गरियो ।
तर बकैया नदी पश्चिमबाट ठूला व्यापारीको कार्य जारी रहदा पनि एक जना ठूला व्यापारी नसमातिनु ति निकाय माथि प्रश्न उठे्नु स्वभाविकै रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन