why do pcr test take so long zoom online app app for zoom meetings zoom meeting zoom meeting zoom meeting zoom meeting windows 10 download zoom app for pc latest version zoom downl how do i download a zoom recording

मोटरसाइकलको ठक्करबाट नबालिकाको मृत्यु

   १७ कार्तिक २०७७, सोमबार १६:४२  

रौतहट, १७ कात्र्तिक । रौतहटको मौलापुर नगरपालिकामा मोटरसाइकलबाट पैदल यात्रीलाई सोमवार विहान ठक्कर दिदा एक नबालिकाको मृत्यु भएको छ ।
मौलापुर नगरपालिका वडा नम्वर ३ स्थित सहिद चोकमा आज विहान बीआर ०५ एसी ६०५३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा एक पैदलयात्री स्थानीय कृष्णनन्दन यादवकी ५ वर्षीया छोरी अञ्जुकुमारी यादवको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी नवालिकाको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै