सर्लाहीमा झड्प, मतदान अधिकृत, प्रहरी सहित ६ घाइते

629 Shares

तराई टप संवाददाता
सर्लाही, १३ मंसिर । सर्लाहीको बलरा नगरपालिकामा मतदान स्थल राख्ने विषयमा नेपाली काँग्रेसको संस्थापन र इतर पक्षविच सोमवार पुन ः झड्प हुँदा मतदान अधिकृत, चार जना प्रहरी सहित ६ जना भन्दा बढि व्यक्तिहरु घाईते भएका छन् ।
घाईतेहरु मध्ये मतदान अधिकृत र एक जना प्रहरी गरी दुई जना गम्भीर घाईतेको हुदा सामान्य उपचार पछि थप उपचारको लागि विरगंज तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएका हुन् ।
बलरा नगरपालिका वडा नम्वर ८ गडहियामा कांग्रेसको अमरेश सिंह र प्रदेश मन्त्री विरेन्द्र सिंहले मतदान अधिकृत उमेशचन्द्र झालाई आफु अनुकुल भएको स्थानमा लान खोज्दा वाद विवाद उत्पन्न भएका थिए । अमरेश पक्षले वडा कार्यालयमा र विरेन्द्र पक्षले विद्यालयमा लैजान तानातान गर्दा अधिकृत झा संग विवाद भई उग्र रुप लिदा मतदान अधिकृत माथि आक्रमण गरिए ।
मतदान अधिकृत झा माथि आक्रमण गर्दा प्रहरीले उनलाई उद्धार गर्न खोज्दा कांग्रेसी कार्यकर्ताले प्रहरी र मतदान अधिकृतमाथी नै आक्रमण गर्दा प्रहरीसंग झडप दोहोरो झड्प भए । प्रहरीले स्थिती नियन्त्रणमा लिन आधा दर्जन सेल अश्रुग्यास प्रहार गरेर अवस्था नियन्त्रणमा लिएको सर्लाही प्रहरीको एसपी कृष्ण प्रसाईले जानकारी दिए ।
कांग्रेसी कार्यकर्ताको आक्रमणका कारण मतदान अधिकृत झाको टाउको गम्भीर चोट लागेको छ । यस्तै प्रहरी निरीक्षक सुरेश ठाकुर सहित ४ जना प्रहरी पनि घाइते भएको उनले भने । घाइतेको जिल्ला अस्पतालमा उपचार भईरहेको उनले जानकारी दिदै एसपी प्रसाईले मतदान अधिकृत झा र एक जना प्रहरी सहित दुई जनालाई थप उपचारको लागि विरगंज तर्फ पठाइएको जानकारी उनले दिए ।
यस अघि आइतवार पनि बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनको क्रममा दुई समुहबीच विवाद उत्पन्नभएपछि प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहका अंगरक्षकले दुई राउण्ड हवाई फायर गरेका थिए ।


राज्यसत्ताको चरम दुरुपयोग गर्दा आजको घटना ः साँसद अमरेश सिंहको आरोप


साँसद अमरेशकुमार सिंहले प्रधानमन्त्री शेरबाहदुर देउवा पक्षद्धारा प्रहरी प्रशासन आफनै कार्यकर्ता माथि लगाएर आज व्यापक रुपमा दमन गरेको कार्य प्रति घोर भर्सना गरेका छन् ।

बहुमत नभएको स्थानमा प्रधानमन्त्री देउवा र गृह मन्त्री बालकृष्ण खाँडको सुनियोजित सडयन्त्रबाट एकहोरो ढंगबाट अधिवेशन गराएर आफनो पक्षका मान्छेलाई जिताउने प्रयासको गर्दा हाम्रा पक्षको कार्यकर्ताहरु माथि प्रहरी लगाएर दमन गर्ने कार्य एकदमै निन्दनिय रहेको आरोप लगाए । मतदान स्थलमा हाम्रा कार्यकर्ता एवं नेताहरुलाई उस्थित हुन नदिन सर्लाही प्रहरी प्रशासनको बलमा अधिवेशन गराउने प्रधानमन्त्री देउवाको कारण लोकतन्त्र, प्रजातन्त्र नै खतरामा पुगिसकेको साँसद सिंहले गम्भीर आरोप लगाए ।


बहुमत नभएको स्थानमा प्रधानमन्त्री देउवा र गृह मन्त्री बालकृष्ण खाँडको सुनियोजित सडयन्त्रबाट एकहोरो ढंगबाट अधिवेशन गराएर आफनो पक्षका मान्छेलाई जिताउने प्रयासको गर्दा हाम्रा पक्षको कार्यकर्ताहरु माथि प्रहरी लगाएर दमन गर्ने कार्य एकदमै निन्दनिय रहेको आरोप लगाए । मतदान स्थलमा हाम्रा कार्यकर्ता एवं नेताहरुलाई उस्थित हुन नदिन सर्लाही प्रहरी प्रशासनको बलमा अधिवेशन गराउने प्रधानमन्त्री देउवाको कारण लोकतन्त्र, प्रजातन्त्र नै खतरामा पुगिसकेको साँसद सिंहले गम्भीर आरोप लगाए ।
झड्पको क्रममा आफना एक दर्जन भन्दा बढि कार्यकर्ताहरु घाईते भएको बताउदै केहीको स्थानीय स्वास्थ्य चौकी र केही सिमापारी भारतको सितामढीमा उपचार गराइरहेको उनले प्रतिक्रिया दिए ।
यसैगरी प्रदेश २ को महिला बालबालिका तथा खेलकुद मन्त्र विरेन्द्र सिंहले जनमत नभएपछि अमरेशको निर्देशनमा मतदान अधिकृत झालाई अपहरण शैलीमा घरमा बन्द गरेर अधिवेशनको माइनुटमा सहि गर्न लगाउदा प्रहरीले हस्तक्षेप गर्न खोज्दा उसको लठैतहरुद्धारा प्रहरी र मतदान अधिकृतमा आक्रमण गरेको बताए ।
आक्रमणको क्रममा अधिकृत झा र केही प्रहरी गम्भीर घाइते भएको बताउदै मन्त्री सिंहले अमरेशको आतंकबाट सर्लाहीलाई मुक्त गराउनु नितान्त आवश्यक भएको बताए । उक्त घटनामा हाम्रो कुनै संलग्नता नरहेको जवाफ दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार