देशलाई संकटको भुमरीबाट जोगाउन तेश्रो जनआन्दोलनको विकल्प छैनः आजपा अध्यक्ष प्रभु साह

0 Shares
भक्तपुर, २० चैत । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले देशमा बढ्दै गएको अराजकता संगै संकटको भुमरीबाट जोगाउन तेश्रो जनआन्दोलनको विकल्प नरहेको बताए ।
आजपाद्वारा भक्तपुर र काठमाडौंको बालाजुमा बुधवार आयोजित छुटाछुटै कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले दलाल एवं लुटकारी व्यवस्थाका कारण दलाल नेताहरुले देशलाई दलदलमा फाँसाएको हुँदा निकासको लागि एक मात्र विकल्प तेश्रो जनआन्दोलनको आवश्यक रहेको बताए ।
दलाल एवं लुटकारी दलतन्त्रले देशलाई दलदलमा फँसाएकाले तेस्रो जनआन्दोलनमा सहभागिताका लागि उनले आह्वान गरे ।
‘अहिले मुलुक गम्भिर संकटमा छ, लुटकारी एवं दलाल दलतन्त्रका कारण जताततै लुट मचिएको छ, भ्रष्टाचार, अनियमितता, कुशासन बढदै गएको छ, नेताहरु मालामाल छ, जनता लचार छन्’, आजपा अध्यक्ष साहले भने । ‘अहिलेको संकटको एकमात्रै समाधान भनेको तेस्रो जनआन्दोलन मात्रै हो ।
चैत २४ गते भृकुटीमण्डपमा जाऔं र यो दलाल दलतन्त्रको बिरुद्ध एकजुट होऔं ।’ वर्तमान असफल प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका कारण मुलुकको आर्थिक अवस्था संकटमा परेको उनले बताए । भ्रष्टाचार, लुट, मनोमानी कर आतंक बढेको बताउदै लुटकारी व्यवस्थालाई कहिले सम्म बोक्ने भन्दै उनले प्रश्न गरे ।
सरकारमा सहभागि नेताहरु लुट, भ्रष्टाचार, अनियमिततामा लागेको गम्भिर आरोप लगाउदै साहले उनीहरुबाट केही आश गर्नु बेकार रहेको बताए । लुटकारी दलाल दलतन्त्रका कारण मुलुक बर्बाद भईरहेको बताउदै आजपा अध्यक्ष साहले नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन आवश्यक भएको बताए । उनले आम जनताको शासन व्यवस्थाका लागि तेस्रो जनआन्दोलन सफल बनाउनुपर्ने बताए ।
लुटकारी दलतन्त्र बिरुद्ध २४ चैतमा काठमाडौंमा हुने तेस्रो जनआन्दोलनको तयारीका लागि भर्खरै रौतहट, बारा र पर्सामा आयोजित बिभिन्न कार्यक्रममा सहभागि भएर काठमाडौं आएका साह बालाजु, भक्तपुर, बुद्धनगर सहितका बिभिन्न ठाउँमा आयोजित कार्यक्रम सहभागि हुदै तेस्रो जनआन्दोलन सफल बनाउने रणनीति सहित सहभागि हुन आग्रह गरेका छन् ।
आजपा निकटको युवा, विद्यार्थी, महिला, मजदुर लगायतका बिभिन्न संगठनहरुको आन्तरिक बैठक बस्दै आन्दोलनको तयारीमा जुटेको विद्यार्थी मोर्चाका सचिव प्रिन्स साहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।