रौतहट, २० चैत । रौतहटको इशनाथबाट काठमाडौं तर्फ जादै गरेका टाटा सुमो मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको बतासेमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
इशनाथ नगरपालिकाको मन्सरीबाट काठमाडौं तफै जादै गरेका ना.१ ज. ५४८५ नम्वरको टाटा सुमो मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्वर २ बतासे स्थित भीमफेदी–कुलेखानी–सिस्नेर सडक खण्डमा बुधवार दिउसो ब्रेक फेल भएर सडक भन्दा एक सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएका हुन् ।
दुर्घटनमा परेर तिन जना यात्रुको अवस्था गम्भीर रहेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय मकवानका डिएसपी श्यामु अर्यालले १ जनाको अवस्था मध्यम तथा ५ जना सामान्य घाइते रहेको बताए ।
गम्भीर घाइते संग अन्य घाइतेहरुलाई उपचारको लागि काठमाडौं पठाइएको जानकारी दिदै डिएसपी अर्यालले घाइतेहरुको पहिचान हुन बाँकी रहेको बताए । टाटा सुमो चालक प्रहरी चौकी खानीखेतको सम्पर्कमा रहेको उनले भने ।
टाटा सुमोमा ९ जना यात्रु राख्नुपर्नेमा १० जना यात्रु राखेर जादै गर्दा सवारी ट्राफिक नियमको समेत उलंघन गर्दा कसरी उक्त जिप त्याँहा सम्म पुग्न सफल भए त्यो अनुसन्धानको विषय भएको हुँदा अहिले घाइते यात्रुहरुको उपचार महत्वपूर्ण भएको हुँदा उनीहरुलाई शिघ्र काठमाडौं पठाइएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट