३ हजार पिस नाइट्रोभेट ट्याबलेट सहित २ युवक प्रहरी नियन्त्रणमा

   १४ मंसिर २०७८, मंगलवार १४:४१  

तराई टप संवाददाता
रौतहट, १४ मंसिर । रौतहट प्रहरीले गौरबाट ३ हजार पिस नाइट्रोभेट लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएका छ ।
गौर नगरपालिका ३ स्थित अनिल मिट हाउसमा बसेर खाजा खाईरहेको दुई जना युवकले ठूलो परिमाणमा लागुऔषध राखेको खवर पाउना साथ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले दुबै जना युवकको शरिर चेकजाँच गर्दा ३ हजार पिस नाइट्रोभेट ट्याबलेट सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
गौर नगरपालिका वडा नम्वर ४ टिकुलिया घर भएका १९ बर्षिय रोशनकुमा सहनी र सोही स्थानको २४ बर्षिय टिन्कुकुमार सिंहलाई ३ हजार पिस भएको २०० स्ट्रेप नाइट्रोभेट सहित विआर ०५ए एल ४०६९ नम्वरको भारतीय नम्वरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी सुनिल मल्लले निजहरु विरुद्ध लागु औषध मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थप गरेर अनुसन्धान भईरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै