जनकपुरधाम, २२ चैत । संघिय राजधानीको तीनकुनेमा भएको घटनालाई लिएर नेपाली काँग्रेस मधेश प्रदेशको धारणा विरोधाभास भई आफैमा बाझिएका छन् ।
उपसभापतिद्वारा जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ज्ञापन पत्रमा केन्द्रीय कार्यालयको आधिकारीक धारणा नआई आफै छिमेकी देशका संचारमाध्यम प्रति गरिएका टिप्पणी प्रति मुख्य सचिव नेपाली काँग्रेस मधेश प्रदेशको आधिकारी धारणा नरहेको भनेर प्रेस वत्तव्य सार्वजनिक हुदा मधेश प्रदेशको धारणा आफैमा विवादित एवं विरोधाभास भई बाझिएका हुन् ।
मेधश प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादवको धारणा
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी पक्षधरहरुले संविधान विरुद्ध वर्तमान व्यवस्थालाई कमजोर पार्ने कुन्सीत उद्देश्यका साथ भएको प्रदर्शनमा मचाइएको वितण्डाको कारण सरकारी एवं व्यक्तिको भौतिक संरचनामा क्षति, आगजनी, लुटपाट गर्नुका साथै राजनीतिक दलको कार्यालय, संचारगृह तोडफोड गर्ने पत्रकार एवं नागरिकको हत्या जस्ता कार्यलाई नेपाली काँग्रेस मधेश प्रदेशले घोर भत्र्सना गर्दछ मधेश प्रदेशका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख चन्द्रशेखरकुमार यादवद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएका हुन् ।
चैत १९ गते यादवद्वारा हस्ताक्षरित ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय वारा मार्फत प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयमा बुझाइएको ज्ञापन पत्रमा उक्त अराजकता एवं वितण्डा मचाउनेहरुलाई यथाशिघ्र पहिचान गरेर कानुनी कारवाहीको साथै क्षतिपुर्ती भराउनुपर्ने उल्लेख गरिएको छ ।
साथै सोही ज्ञापन पत्रमा नेपालको सार्वभौम सत्ता र अखण्डता माथि आँच आउने गरी मृत भईसकेको राजतन्त्रलाई प्रश्रय दिने खालको सामाचार भारतीय मिडियाहरुले सम्प्रेशन गरेर भ्रम फैलाएकोमा उक्त मिडियाहरुलाई नेपालमा प्रतिबन्ध लगाउने जस्ता कुरा लेखिएको छ ।
मधेश प्रदेशका मुख्य सचिव सन्तुप्रसाद यादवको धारणा
मधेश प्रदेशका उपसभापति यादव हस्ताक्षरित ज्ञापन पत्र सार्वजनिक भएपछि नेपाली काँग्रेस मधेश प्रदेशका मुख्य सचिव सन्तु प्रसाद यादवद्वारा चैत २० गते हस्ताक्षरित प्रेस विज्ञप्तीमा तीनकुने घटना प्रति जति भत्र्सना गरे त्यती नै कम हुने तर छिमेकी मुलुक प्रति नेपाली काँग्रेस केन्द्रीय कार्यालयको आधिकारीक धारणा सार्वजनिक नहुदै त्यस्ता खालको धारणा नेपाली काग्रेस मधेश प्रदेशको नभएको बताइएको ।
तीनकुने घटनाको सन्दर्भमा नेपाली काँगे्रस मधेश प्रदेश र यससंग सम्वन्धीत विभाग÷संस्था र व्यक्तिहरुको हवाला दिँदै वितरित ज्ञापन पत्रलाई लिएर नेपाली काँगे्रस मधेश प्रदेशको ध्यानाकर्षण भएको छ । ती त्यस्ता ध्यानाकर्षण÷ज्ञापनपत्र नेपाली काँगे्रस मधेश प्रदेशको अधिकारका धारणा नभएको र ती त्यस्ता धारणा नितान्त निजी र व्यक्तिगत रहेको सबैमा जानकारी गराईन्छ ।
तथाकथित आन्दोलनको नाममा संविधान विपरित हत्या, हिंसा, आतंक, लुटपाट मच्याँउदै समाजलाई नै दिग्भ्रमीत पार्दै मुलुकलाई अस्थिर र अशान्त पार्ने कुनीयतका साथै, त्यस्ता कार्य गर्नेहरु सबैलाई कानुनको दायरामा ल्याई कानुनी शासनको प्रत्याभूती आम नागरिकलाई दिन नेपाल सरकार समक्ष नेपाली कांगे्रस मधेश प्रदेश हार्दिक अपिल गर्दछ मुख्य सचिव सन्तुप्रसाद यादवद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख रहेको छ ।