दक्ष चिकित्सकको अभावमा, गौर अस्पताल वेहाल अवस्थामा

922 Shares

तराई टप संवाददाता
रौतहट, १४ मंसिर । रौतहट सदरमुकाम गौरमा रहेको एक मात्र सरकारी अस्पतालमा दरबन्दी अनुसारको चिकित्सकहरु नहुँदा यहाँ आउने विरामीहरु समुचित रुपमा सेवा सुविधा पाउन सकेको छैनन् ।
तराईको सुगम जिल्लाको रुपमा रहेको गौर अस्पतालमा मेडिकल सुप्रिडेन्ट सहित १४ जना दक्ष चिकित्सकको दरबन्दी भएपनि मेडिकल सुप्रिडेन्ट बाहेक अन्य चिकित्सकहरु नहुँदा अस्पतालमा उपचारको लागि आउने विरामीहरु सेवा सुविधा पाउनबाट बंचित रहदै आएका हुन् ।
५० सैयाको गौर अस्पतालमा मेसु १, कन्सल्टेन्ट चिकित्सक ८ जनामा जेनरल फिजिसियन १, गाइनोक्लोजिष्ट १, सर्जन २, अर्थो १, साइकेष्टीक १, एनोथस्टीलोजिष्ट १ पिडिटिष्ट १, डेन्टल १ र मेडिकल अधिकृत ४ जना गरी कूल १४ चिकित्सकको दरबन्दी रहेको भएपनि एक जना मेडिकल सुप्रिडेन्टको भरमा अस्पताल भगवान भरोसे संचालनमा रहेको पाइएको छ ।

५० सैयाको गौर अस्पतालमा मेसु १, कन्सल्टेन्ट चिकित्सक ८ जनामा जेनरल फिजिसियन १, गाइनोक्लोजिष्ट १, सर्जन २, अर्थो १, साइकेष्टीक १, एनोथस्टीलोजिष्ट १ पिडिटिष्ट १, डेन्टल १ र मेडिकल अधिकृत ४ जना गरी कूल १४ चिकित्सकको दरबन्दी रहेको भएपनि एक जना मेडिकल सुप्रिडेन्टको भरमा अस्पताल भगवान भरोसे संचालनमा रहेको पाइएको छ ।


यसैगरी स्टाफ नर्स ६ जनाको दरबन्दीमा एक जना पनि नरहेको, ५ जना अनमिमा १ जना मात्रै रहेको, ल्यावमा मेडिकल टेक्नोलोजिष्ट खाली रहेको तथा फिजिओथेरापिष्ट पनि नरहेको अस्पताल श्रोतबाट बुझिएको छ । नसिंग अधिकृत सातौ तह, रेडियोग्राफि र फार्मेशीको दरबन्दीमा खाली रहेको ति श्रोतले बतायो । लेखा अधिकृत समेत नहुँदा अन्य कार्यालयको लेखापालबाट कार्यालयको आर्थिक कारोवार संचालन गराउनु परेको गुनासो मेडिकल सुप्रिडेन्ट कृष्ण प्रसाद साहले बताए ।
भौतिक पूर्वाधरको हिसावबाट सुविधा सम्पन्न अस्पताल भएपनि दक्ष एवं कन्सलटेन्ट चिकित्सकको अभावमा प्रभावकारी सेवा दिन नसकेको गुनासो गर्दै उनले नेपाल सरकारको सुविधाबाट अध्ययन गरेका ५ जना २ बर्षे करारमा चिकित्सकको भरमा अस्पताल संचालन गर्नुपरेको बाध्यता रहेको सुनाए । ति मध्ये अधिकाँशको समय अवधी पुरा हुन लाग्दा उनीहरु पनि अन्यत्र जाने भएको हुँदा अस्पतालमा उपचार गर्ने चिकित्सको चरम अभाव सृजना भएको बताए ।
गम्भीर प्रकृतिको विरामीहरु आउदा सामान्य उपचार पछि बाहिरी अस्पतालमा उपचारको लागि रेफर गर्नुपरेको विडम्बना रहेकोमा दुख व्यक्त गर्दै मेसु साहले कयौं पटक प्रदेश स्वास्थ्य महाशाखा, स्वास्थ्य सेवा विभाग र जनसंख्या तथा स्वास्थ्य मन्त्रालयमा यहाँको अवस्था वारे पत्राचार गरेपनि हाल सम्म दरबन्दि फुलफिल गर्न नसकिएको जानकारी दिए ।
जिल्लाको एक मात्र सरकारी अस्पतालमा दरबन्दी अनुसारको चिकित्स एवं अन्य कर्मचारीको अभाव कायमै रहदा उपचार गर्नमा निकै कठिनाई भईरहदा अविलम्ब सम्बन्धित निकायले ध्यान पुर्याएर चिकित्सक पठाइदिन अनुरोध उनले गरे । करिव साढे ६ लाख जनसंख्या भएको रौतहटको जनताहरुलाई सेवा सुविधा समयमा प्रदान गर्न दरबन्दी अनुसारको चिकित्सक हुनु नितान्त आवश्यक रहेको मेसु साहले राजनितिक दल, नागरिक समाज, साँसद सहितको सम्बध सवै पक्षको ध्यानाकर्षण गराए । औषधीहरुको मौजदात राम्रो भएपनि के गर्ने उपचार गर्ने चिकित्सकको निकै खाँचो रहेको उनले स्पष्ट पारे ।
चिसो यममा विरामीहरुको संख्या बढ्न सक्ने अनुमान गर्दै उनीहरुलाई समुचित एवं व्यवस्थित ढंगबाट उपचार गर्ने चिकित्सक भएमा मात्रै गर्न सकिने अन्यथा यहाँ आउने विरामीलाई सामान्य उपचार गरी बाहिर रिफर गर्नु बाहेक अन्य कुनै विकल्प नरहेको उनले प्रष्ट पारे ।
जेष्ठ नागरिक संघको जिल्ला अध्यक्ष विजयकिशोर झाले तत्कालिन स्वास्थ्य मन्त्री राजेन्द्र महतोको समयमा २५ बाट ५० सैयामा रुपान्तरित भएको गौर अस्पतालमा लामो समय देखि दरबन्दी अनुसारको दक्ष चिकित्सक सहितको कर्मचारीको व्यवस्थापन गर्न नसकिनु आफैमा विडम्बनापूर्ण भएको ठहर गर्दै अविलम्ब स्वास्थ्य मन्त्रालयले ध्यान दिई यहाँ दक्ष चिकित्सक पठाउनुपर्ने माग गरे । नत्र भने उपचारको अभावमा विरामीहरु अकालमै मर्ने वेर लाग्दैनन् त्यसैहुनाले समयमै गौर अस्पतालमा चिकित्सक पठाउने व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता महसुस गर्दै सवैको पहल हुनु नितान्त आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार