ओम प्रकाश यादव
रौतहट, २३ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटको जिल्ला अधिवेशनको समय नजिकिए सँगै अध्यक्ष पदका आकांक्षीहरु खुल्न थालेका छन् ।
यही चैत्र २६ र २७ गते नयाँ नेतृत्व चयनका लागि जसपा नेपाल रौतहटको जिल्ला अधिवेशन मध्य भाग गरुडामा हुन गईरहेका हुन् । अधिवेशनमा अध्यक्ष पदका दुईजना नेता आकांक्षीहरु अहिले खुलेका छन् ।
बौधीमाई नगरपालिकाका पूर्व मेयर राजीव रंजन भन्ने राजु यादव र गरुडा नगरपालिकाका नगर प्रमुखका प्रत्यासी अनिलकुमार यादव दुवैजना जिल्ला अध्यक्षमा लड्ने आकांक्षा देखाएका हुन् ।
पार्टीमा आफूहरु लामो समय देखि सक्रिय भई लागेको भन्दै दुवैजनाले यसपाली पार्टीको जिल्ला अध्यक्षको नेतृत्व आ–आफूले नै पाउनुपर्ने भन्दै दाबी गर्न थालेको छ । यता जसपा नेपाल रौतहटका वर्तमान अध्यक्ष श्याम विहारी यादवले पनि पुनः अध्यक्षमा आफूलाई नै कायम राख्न लबिङ गरिरहेको बुझिएको छ ।
सर्वसम्मतिले आफूलाई पुनः नेतृत्व दिए एकपटक फेरी जिल्ला अध्यक्षको नेतृत्व आफू लिन तयार रहेको श्याम विहारी यादव बताउँछन् । तर चुनावमा जाने अवस्था आए अध्यक्षमा आफ्नो उम्मेद्वारी हुन् नसक्ने उनी बताउँछन् । यता जसरी भएपनि यसपाली जिल्ला अध्यक्ष पद हत्याउन राजीव रंजन भन्ने राजु यादव र अनिल कुमार यादव पुरै कसरतमा गरिरहेको बुझिएको छ ।
दुवै जनाले अहिलेदेखि नै आ–आफ्नो पक्षमा माहोल बनाउन लबिङ गरिरहेका छन् । दुवैजनाले जिल्ला अध्यक्ष पद लिन पार्टीका जिल्ला देखि शीर्ष नेताहरु कहाँ दौरधुपमा लागेका छन् भने पार्टी प्रतिनिधिहरू संग पनि भेटघाट गर्दै चहलपहल बढाएका छन् ।
पार्टीको रौतहट जिल्लाको नेतृत्वमा आउन उनीहरुले आन्तरिक गृह कार्यमा लागेको देखिएको छ । यता नेताहरु सकेसम्म सहमतिमा नै नेतृत्व चयन गर्ने पक्षमा छन् । तर आकांक्षीको संख्या धेरै भए चुनावमा जानुको विकल्प रहँदैन । अहिलेसम्म दुईजना आकांक्षी देखिएका छन् र आकांक्षीको संख्या अझै बढ्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा कसको नाममा सहमति जुटाउने भन्ने गाह्रो हुन् सक्छ । जति जनाले दावी गरे पनि मुख्यतः श्याम विहारी यादव, राजीव रंजन र अनिल कुमार यादव बीच नै अध्यक्षका लागि रस्साकस्सी हुने नेताहरुको अनुमान छ ।
यसपाली राजीव रंजन भन्ने राजु यादव अध्यक्ष पदका सबभन्दा बलियो दाबेदार हुन् । राजीवलाई नै नेतृत्वमा ल्याउन केही नेताहरु लागि परेको श्रोतको दावी छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन