सर्लाही, २४ चैत । सर्लाहीको हरिपुर्वा नगरपालिकाको बसन्तपुरमा बाल क्लवको अगुवाईमा रयाली निकाल्दै वृक्षारोपण गरिएका छन् ।
हरिपूर्वा नगरपालिका वडा नम्वर ९ बसन्तपुरमा बसन्त बाल क्लवको आयोजनामा “वातावरण र बाल अधिकार, हामी सबैको सरोकार” भन्ने मूल नाराका साथ रयाली तथा वृक्षारोपण गरिएका हुन् ।
कार्यक्रममा वल्र्ड भिजन र बागमती सेवा समाज नेपाल द्वारा सञ्चालित बाल संरक्षण तथा समुदाय संलग्नता सहयोगी परियोजनाको सहयोग रहेको थियो ।
बाल क्लबका अध्यक्ष नुरैन अंसारीका अनुसार, जलवायु परिवर्तनको असरलाई ध्यानमा राख्दै कार्यक्रम अन्तर्गत १०० वटा विविध फलफूलका बिरुवा रोपिएको छ । “वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका लागि बाल क्लबका सदस्यहरू सक्रिय भएर वृक्षारोपणमा संलग्न भएका छन्,” उनले बताए । साथै, रयालीले समुदायमा वातावरणीय चेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे ।
रुपान्तरण लिडर रविना चौधरीले भनिन्, “वातावरण सँग सम्बन्धित सचेतना मूलक रयाली र वृक्षारोपण कार्यक्रम अत्यन्त प्रभावकारी लाग्यो । यसप्रकारका कार्यक्रमले बालबालिकामा वातावरण प्रतिको चेतना बढाउने मात्र होइन, पछाडि परेका समुदायमा पनि पर्यावरण संरक्षणको भावना जागृत गराउँछ ।”
वडा अध्यक्ष सुरेन्द्र महतोले बाल क्लबको प्रयासको प्रशंसा गर्दै भने, “वातावरणीय सचेतनाका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए । अब बालबालिकाले मात्र होइन, अभिभावकले पनि वृक्षारोपण र संरक्षणमा सक्रिय हुनुपर्छ ।” साथै, उनले वातावरण संरक्षणका लागि वडाबाट बजेट सुनिश्चित गर्ने र आवश्यक परेमा व्यक्तिगत सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
नगर उप–प्रमुख सुमित्रा देवी ग्वारीनले बोटविरुवालाई बालबालिका सरह माया, मलजल र संरक्षण गर्न सबैलाई अनुरोध गरिन् ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन