हुकिंग गरेर विद्युत प्रयोग गर्ने ७ जना पक्राउ

359 Shares

तराई टप संवाददाता
रौतहट, १४ मंसिर । हुकिंग गरेर विद्युत चोरी गर्ने ७ जनालाई प्रहरीले मंगलवार पक्राउ गरेको छ ।
विद्युत चुहावन नियन्त्रण टोली संगै खटिएको प्रहरीले रौतहटको कटहरिया नगरपालिका १ का राधेश्याम यादव, वडा नम्वर २ का राजु प्रसाद यादव, सरफलाल यादव, राजकिशोर साहलाई विद्युत हुकिंग गरेर घरमा प्रयोग गरिरहेको अवस्थामा पक्राउ गरेको हो । यस्तै कटहरिया वडा नम्वर ३ बडेरवाको नथुनी भांट, रामगुलाम पास्वान र देवाही गोनाही ४ का महेन्द्र बैठालाई पक्राउ गरिएको इप्रका गरुडाको डिएसपी श्रीराम भण्डारीले बताए ।
नेपाल विद्युत प्राधिकरण मौलापुर बितरण केन्द्रको चुहावट नियन्त्रण टोली, ईलाका प्रहरी कार्यालय गरुडा, सशस्त्र बेस क्याम्प देबाही र सशस्त्र बेस दुधियभारको संयुक्त टोलीले हुकिग गरी विद्युत चोरी गरिरहेको अवस्थामा उनीहरुलाइ पक्राउ गरिएको उनले भने । उनिहरुले प्रयोग गरेको २ थान मोटर र १ थान दुध क्यान बरामद गरेको प्रहरीले बताए ।
पक्राउ परेका सातैजना हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र नियमानुसार जरिवाना तिरे पछि छुट्ने विद्युत प्राधिकरण मौलापुरका प्रमुख सन्जिव कुमार दासले जानकारी दिए ।

सम्बन्धित समाचार