रौतहट, २४ चैत । रौतहट सदरमुकाम गौरका युवाहरुले चैत्र नवमीको तिथि अर्थात रामनवमीको अवसरमा वृहद रुपमा शोभा यात्रा सहितका झाँकीहरु प्रदर्शन गर्दै नगरपालिकाको परिक्रममा गरेका छन् ।
गौर स्थित राईस मिल्सबाट निस्किएका शोभा यात्रा तैयव नरसिंग होम हुँदै ट्रान्समिटर चोक, फारन गुट्स गौर भन्सार, क्रान्तिद्वारबाट पुनः फर्किदै मुख्य सडक भई नेपाल लज, अस्पताल चोक, विपी चोक, कविर चोक हुँदै शोभा यात्रा निस्कने क्रम जारी रहेका हुन् ।
उक्त शोभा यात्रामा घोडा, विभिन्न देवी देउताको झाँकीहरु सहित ठूलठूला झण्डाहरु उचालिदै जय श्रीराम, जय श्रीराम, जय श्रीराम मय गौर बनेका छन् । हुनतः आजको दिनमा जिल्ला भरी नै उत्सवको रुपमा मनाउने क्रम जारी रहेपनि गौरमा अलि वृहद कार्यक्रमहरुको आयोजना गरिएको छ । शोभा यात्रा पश्चात गौर राइस मिल्समा धार्मिक कार्यक्रम एवं नृत्यहरुको साथै जागरण कार्यक्रम रहेको बताइएको छ ।
शोभा यात्राको क्रममा कुनै अप्रिय घटनाहरु हुन नदिन स्थानीय प्रहरी प्रशासनले सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारेका छन् ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन