श्री श्री १००८ नौं दिवसिय लक्ष्मिनारायण महायज्ञ आज देखि गरुडामा सुरु

0 Shares
ओम प्रकाश यादव
गरुडा (रौतहट), २५ चैत । रौतहटको मध्यवर्ती क्षेत्र गरुडा बजारमा लक्ष्मिनारायण महायज्ञ सुरु भएको छ ।
गरुडा नगरपालिका वडा नम्वर ४ स्थित श्रीराम सुगर मिल्सको हाता भित्र श्री श्री १००८ लक्ष्मिनारायण महायज्ञ आज देखि सुरु भएको हो ।
आउदो ९ दिन सम्म संचालन हुने महायज्ञको एक समारोहका बीच गरुडा नगरप्रमुख कन्थमुणी प्रसाद जयसवालले उदघाटन गरेको छ । नगर प्रमुख जसवालले उदघाटन पछि महायज्ञ विधिवत रुपमा सुरु भएको बताइएको छ । यज्ञ सुरुहुनुु भन्दा अघि हिजो भव्य रुपमा कलश यात्रा निकालिएको थियो ।
महायज्ञ उदघाटन गर्दै नगर प्रमुख जयसवालले यस महायज्ञबाट समाजमा एकता र समृद्धिको लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । मानव कल्याण र सबैको शान्तिका लागि आयोजना गरिएको महायज्ञमा भगवान सँग दर्शन गर्न आउने श्रद्धालु भक्तजनले पुण्य प्राप्त गर्ने उनले स्पष्ट पारे ।
कलश यात्रा र पूजा कार्यक्रमले हाम्रो धार्मिक आस्था र सांस्कृतिक मूल्यलाई अझै मजबुत बनाउने बताए । समाजको उत्थान र मानवसेवा हेतु यस महायज्ञबाट हामी सबैले सकारात्मक दिशा तर्फ अग्रसर हुन सकोस् भन्ने मेयर जयसवालले कामना गरे ।
यज्ञमा विभिन्न देवी देवताका प्रतिमा अर्थात् मूर्ति स्थापना गरिएको छ भने भिन्न किसिमका खेलतमासा र मनोरञ्जनको पनि व्यवस्था गरिएको छ । त्यस्तै पूजापाठ र भजन कीर्तन समेत भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।