इशनाथ गौर जोड्ने लाल बकैयाको टिकुलिया घाटमा डाईभर्सनको निर्माण कार्य पुरा

   १४ मंसिर २०७८, मंगलवार १५:५४  

रौतहट, १४ मंसिर । रौतहटको सदरमुकाम गौर र इशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीको टिकुलिया घाटमा इशनाथ नगरपालिकाको लगानीमा डाईभर्सनको निर्माणकार्य पुरा गरिएको छ ।
ईशनाथ नगरपालिका सहित अन्य केही पालिकाहरुको बासिन्दाहरुलाई सदरमुकाम सम्म दैनिकी कामकाजमा जान निकै लामो बाटो भएर जानुपर्ने बाध्यता रहेको समाचार तराई टपमा प्रकाशित भएको साता दिन वित्न नपाउदै इशनाथ नगरपालिकाको आर्थिक सहयोगमा डाईभर्सनको निर्माण कार्य पुरा गरिएको हो ।
चार पाँग्रे सवारी साधन लामो बाटो भएर गौर सम्म जानुपर्ने बाध्यता त छदै थिए दुई पांग्रे एवं साइकल पैदल हिड्नेहरु टिकुलिया घाटमा बनाइएको बाँसको लचका भएर जोखिमपूर्ण आवतजावत गर्न बाध्यता रहेको थियो । तराई टपको माध्यमबाट स्थानीय तहलाई ध्यानाकर्षण गराएपछि चार पाँग्रे लिएर जान सक्ने डाईभर्सनको निर्माण गरिएपछि स्थानीय बासिन्दाहरु खुशी भएका छन् ।
बर्षेणी लाखौंको लागतमा लाल बकैया नदीमा डाईभर्सन बनाइएपनि बर्षा याममा बाढीले बगाउने गरेको छ । टिकुलिया घाटमा निर्माणाधिन पुल समयमा बन्न नसक्दा उक्त समस्याको सामना बर्षेणी इशनाथ नपाको जनताहरुलाई भोग्नु परेको इशनाथ नपाको मेयर सन्तोष मेहताले बताए । विगत चार दिन देखि निरन्तर रुपमा जेसिभी मेसिनको प्रयोग र ह्युम पाइप राखेर डाइभर्सनको कार्य पुरा गरिएको बताउदै मेयर मेहताले ततकालिन प्रधानमन्त्री शुशिल कोइरालाले शिलान्या गर्नु भएको पुल २०७४ सालमा पुरा हुनुपर्नेमा हाल सम्म निर्माणाधिन अवस्था रहदा इशनाथ गौरका जनताहरु दुख कष्टको सामना गर्नु परेको छ उनले भने ।
ईशनाथ नगरवासीहरुले पुल निर्माणका लागि पटक–पटक सम्बन्धित निकायलाई गुहार्दा समेत राज्य पक्षबाट कुनै वास्ता गरिएको छैनन । हाल सम्म एक दर्जन भन्दा बढि व्यक्तिहरु बर्षा याममा डुवेर ज्यान गुमाइसेको गुनासो समेत उनले गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै