रौतहट, २६ चैत । नेपाल भारत सीमा क्षेत्रमा हुने गरेका लागुऔंषधका कारोवार, तस्करी सहितका हुने विभिन्न अवाञ्छित गतिविधिलाई नियन्त्रण गरी सुमधुर सम्बन्ध कायम राख्ने हेतु नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठक सीतामढीमा सम्पन्न भएका छन् ।
सोमवार भारत विहार सीतामढी जिल्लाको सीतामढीमा आयोजित नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठकमा सीतामढीका डिएम, एसपी सहित नेपालबाट रौतहट, सर्लाही, महोत्तरी जिल्लाका सिडिओ सहित सुरक्षा पदाधिकारीहरुको उपस्थिति रहेका थिए । तिनै जिल्लाका भन्सार कार्यालयका प्रमुखको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
बैठकमा खुला सीमानाका कारण हुन सक्ने चोरी तस्करी, लागुऔषध तथा मदिराको ओसारपसार नियन्त्रण, अवैध मुद्रा कारोवार नियन्त्रण, एक आपसमा सूचना आदानप्रदान र सुरक्षा संवेदनशीलताको विषयमा छलफल भएको उल्लेख बताइएका छन् ।
हुण्डीको नाममा दिनदिनै समातिने नेपाली रुपैया सम्बन्धमा नेपालबाट आम मानिसहरु खरिदारी गर्न सीमापारी गएर नेपाली रुपैया दिएपछि सोही रकम नेपाल फर्किदा कसरी हुण्डिको रकम भयो भने बैठकमा गम्भीर छलफल भए । यस्ता समस्यालाई चाँडै समाधान खोज्ने मौखिक रुपमा सहमती भएको बताइएको छ ।
नेपाल भारत बीचको सम्बन्धमा कुनै असर पर्ने खालको गतिविधि दुवै देशको भुमिमा हुन नदिन समेत कुरा उठेको छ ।
उक्त बैठकमा रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, प्रहरी उपरीक्षक दिलिप घिमिरे, सशस्त्र प्रहरी उपरिक्षक सन्तोषकुमार बस्नेत, उपनिर्देशक राष्ट्रिय अनुसन्धान अभिनय कुमार सिंह, भन्सार प्रमुख अमिन्द्र सिंह र प्रशासकीय अधिकृत मनिष झा सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुल्सिबहादुर श्रेष्ठ, सहायक प्रजिअ होम प्रसाद घिमिरे, प्रहरी उपरिक्षक रबीन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी उपरिक्षक देव बहादुर चन्द, अनुसन्धान अफिसर रामरिझन यादव र भन्सार प्रमुख ठाकुर आचार्य तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, सहायक प्रजिअ उपेन्द्र न्यौपाने, सशस्त्र प्रहरी उपरिक्षक पुमाचन्द्र भट्ट, अनुसन्धान उप निर्देशक सुदिप अधिकारी, नेपाल प्रहरीका डिएसपी सन्तुप्रसाद जयसवार र भन्सार प्रमुख सन्तोष ग्यावालीको उपस्थिति रहेको थियो ।
यस्तै सीतामढीका डिएम रिची पाण्डे, एसपी अमित रंजन, विरगञ्ज महावाणिज्यदूतावासका काउन्सुल मनिषकुमार दास, डिडिसी सीतामढीका अमन राम, एडिशनल कलक्टर सीतामढी सन्दीप कुमार, एसएसबी २० बी बटालियनका जिसी पाण्डे, एसएसबी ५१ बी बटालियनका संजिवकुमार सिंह, एडिएम सितामढी कुमार धनन्जय सहितका सीमावर्ती क्षेत्रका ब्लक पदाधिकारीहरुको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।
उक्त बैठकमा सौहार्दपूर्ण रुपमा सीमामा सहजिकरण गरेर आम नागरिकलाई निर्वाद रुपमा आवागमन गर्न दिइने, दुबै देशका सुरक्षा संग जोडिएका विषयमा छलफल एवं समन्वयका आधारमा कार्यहरु अघि बढाउने लगायतका दुइ पक्षिय सम्बन्धलाई प्रगाढ बनाउदै सहकार्य एवं समझदारीको अधारमा कार्यहरुलाई अघि बढाउने छलफल एवं सहमती भएको रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।
नेपाल भारत समिा क्षेत्रमा शान्तिु सुरक्षाको साथै अवञ्छित गतिविधिमा नियन्त्रण गर्ने उद्देश्यबाट नियमित रुपमा हुने नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको सीतामढीमा सम्पन्न बैठकको केही तस्वीरहरु