सर्लाही, ३० चैत । सर्लाहीको बरहथवा नगरपालिकामा संचालित ओम प्रकाश हर्वल इन्डष्ट्रिज नामक तेल उद्योगमा शुक्रवार मध्य राति आगलागि भएका छन् ।
बरहथवा नगरपालिका वडा नम्वर १० कटानी जाने सडक खण्डमा स्थानीय आत्मराम रायले संचालन गरेको स्टिलको जस्ता र फलामबाट बनेको उक्त तेल उद्योगमा गएराति ११.५० बजेको समयमा आगो लागेका थिए ।
आगो लागेको खवर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायव निरीक्षक उदयकुमार झाको कमाण्डमा खटिएका प्रहरी टोली संगै स्थानीय बासिन्दाहरुको साथै दमकलको सहयोगमा २.३० बजेको समयमा आगो माथि पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटममा उल्लेख गरिएको छ ।
प्रहरी, स्थानीय बासिन्दा र दमकलको मद्दतबाट झण्डै पौने तिन घण्टामा आगोलाई नियन्त्रणमा लिइएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले आगलागिबाट तेल उद्योगमा करिव १२ लाख ३० हजारको सम्पती जलेर क्षति भएको प्रारम्भीक जानकारी प्राप्त भएको बताए ।
आगलागिबाट मानविय क्षति नभएको तथा आगलागि कसरी भएको अहिले सम्म कुनै कारण नखुलेको हुँदा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डिएसपी राईले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन