join zoom meeting online meeting id - join zoom meeting online meeting id zoom client for meetings msi download zoom app advertising app zoom do participants have to download zoom

प्रदेश सरकारको आर्थिक लगानीमा छठघाटको निर्माण कार्य पुरा

   १७ कार्तिक २०७७, सोमबार १६:४८  

 

रौतहट, १७ कात्र्तिक । प्रदेश सरकारको आर्थिक सहयोगमा रौतहटको चन्द्रपुरमा स्थायी रुपमा छठघाटको निर्माण गरिएको छ ।
हिन्दु धर्मावलम्बीहरुको महान चाँड छठ पुजा गर्नका लागि चन्द्रपुर नगरपालिकाको वडा नम्वर ८ मोतियाही गाउँ स्थित पोखरीको डिलमा प्रदेश सरकारले दिएको ३३ लाख आर्थिक सहयोगमा छठघाटको निर्माण कार्य सम्पन्न गरिएको हो ।
छठ पुजाका लागि श्रद्धालुका लागि खुला आकाशबाट सित नपरोस भनेर प्रदेश सरकारको लागत तथा सहभागितमा पोखरीको तीन तिर जस्ता हालेर छठघाट निर्माण सम्पन्न भएका छन् । मोतिपुरमा बनेको छठ घाट जिल्लाकै नमुना छठघाट रहेको निर्माण समितिका अध्यक्ष सरोज बछारले जानकारी दिए । तराई मधेश सम्बृद्धी कार्यक्रम अन्र्तत प्रदेश सरकार र स्थानीय बासिन्दाको जनसहभागितामा बनेको सो छठघाटमा श्रद्धालुभक्तका लागि रातीको समयमा बस्नका लागि उपयुक्त हुने हिसावले व्यवस्थित निर्माण सम्पन्न भएको उनले दाबी गरे ।
मोतियाही पोखरीको डिलमा निर्माण भएको छठ पुजाको वेलामा धर्मकर्म तथा अन्य सयमा योग गर्नका लागि समेत उपयोगि हुने अध्यक्ष बछारले बताए । सो स्थानलाई अझै राम्रो बनाउनका लागि स्थानीय युुवाहरु सक्रिय भएर लागेको र सो घाटमा बिहान पोखरीको शान्त स्थानमा बसेर योग गर्नेहरुका लागि एकान्त र उपयोगी हुने बताइएको छ । घाटको अगाडी खाली रहेको जमिनमा चिल्ड्रेन पार्क बनाउने लक्ष रहेको र त्यसका लागि सम्बन्धीत निकाय संग सहकार्य भइरहेको अध्यक्ष बछारको भनाई रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै