zoom for business download download zoom 32 bit zoom download pc windows zoom app for facebook portal .zoom app

चौकीदार विक्की सिंहको आतंकको साम्राज्यबाट गौर कारागारको कैदीबन्दीरुको कन्तविजोग

   १६ मंसिर २०७८, बिहीबार १२:३७  

तराई टप डेष्क
रौतहट, १६ मंसिर । गौर कारागारमा रहेका कदैबन्दीहरु चौकीदार, मुख्य नाईकहरुको दमन शोषणबाट पिडित बन्दै आएको छ ।
रौतहट सदरमुकाम गौर ३ स्थित रहेको कारागारमा विभिन्न अभियोगमा कैदीबन्दी भएर सजाय भुक्तान गरिरहेकाहरु चौकीदार, मुख्य नाइके र भाईनाइकेको यातना दमन एवं शोषणबाट कन्तविजोग भएको तथ्य सार्वजनिक भएको हो ।
मंसिर १ गते देवाही गोनाही नगरपालिका ७ घर भएका २४ बर्षिय लडाई साह कारागार भित्रको शौचालयमा झुण्डीएको अवस्थामा फेला परे पछि कारागार भित्र हुँदै आएको वेथिती एवं अराजकताको तथ्य सार्वजनिक हुन लागेका छन् ।
जिल्ला कारागारको शौचालयमा मृत भेटिएका अपहरण शरीर बन्धक तथा जबरदस्ती करणी मुद्दाको आरोपमा २१ बर्षको कैद भुक्तान गरिरहेका कैदी साहको हत्या गरेर शौचालयमा झुण्डयाइएको आरोप परिवारजनले लगाउदै आएका छन । जिल्ला कारागारका अन्य कैदीले पनि कारागार प्रशासन र चौकीदार नाइकेहरुको चरम यातनाका कारण आफुहरु समेत असुरक्षित रहेको भन्दै जिल्ला प्रशासन कार्यालय तथा मानवअधिकार आयोगमा समेत लिखित रुपमा पत्र पठाएका छन ।
“कारागार भित्र चौकीदार, मुख्य नाईके र भाई नाइकेहरुको दमन शोषण गर्दै आर्थिक रकम उठाउने आतंकको छुट्टै सम्राराज्य रहेको छ ।” गौर कारागारबाट १ बर्षको सजाय भुक्तान गरेर बाहिर आएका राजेश गिरीले भने । “कारागारका बन्दीहरु शारिरीक, मानसिक, आर्थिक, यातनाको शिकार भईरहेका छन ।” कारागार व्यवस्थापन ऐन २०१९÷२०२० मा जघन्य प्रकृतिको मुद्दाका कैदीलाई चौकीदार नबनाउने नियम भए पनि बलात्कार गरी हत्या गरेको आरोपमा कैद जिवन बिताइरहेका विक्की सिंहलाई गौर कारागारमा २ बर्ष अघि देखि चौकीदार बनाइएको छ । कारागार ऐनमा कैदीबन्दीहरु मध्ये पुरानो व्यक्ति वा कैद भुक्तान गर्न कम समय रहेका व्यक्तिको आचरणमा सुधार भएको व्यक्तिलाई चौकीदार बनाउनु पर्ने प्रावधान रहेपनि गौर कारागार प्रशासनले नियम विपरीत जघन्य अपराधका कैदीलाई चौकिदार बनाएपछि उक्त अवस्था सृजना भएको छ ।

कारागार प्रशासनले चौकीदार विक्की सिंहको मातहतमा चेक नाइके मसिर देवान, दाईनाइकेद्धय रामनरेश यादव र जय सिंहलाई जिम्मेवारी दिएको छ । उनीहरुको मातहतमा ४० जना कैदीहरुले गौर कारागारमा रहेका ३७० कैदीबन्दीहरु माथि दादागिरी एवं आफनो रवाफ चलाउदै अबैध रकम असुली लगायतका कार्यहरु गर्ने गरेको गिरीले बताए । यस विषयमा कारागार प्रशासन संग गुनासो गर्दा झन् यातनाको शिकार बन्नु परेको उनले बताए ।


कारागार प्रशासनले चौकीदार विक्की सिंहको मातहतमा चेक नाइके मसिर देवान, दाईनाइकेद्धय रामनरेश यादव र जय सिंहलाई जिम्मेवारी दिएको छ । उनीहरुको मातहतमा ४० जना कैदीहरुले गौर कारागारमा रहेका ३७० कैदीबन्दीहरु माथि दादागिरी एवं आफनो रवाफ चलाउदै अबैध रकम असुली लगायतका कार्यहरु गर्ने गरेको गिरीले बताए । यस विषयमा कारागार प्रशासन संग गुनासो गर्दा झन् यातनाको शिकार बन्नु परेको उनले बताए ।


कोठा नं. ६ को रहस्य के हो ?


कारागारमा रहेको कोठा नम्वर ६ मा कुनै कैदीबन्दी जान चाहदैनन ? कारागारको यो कक्ष कैदीबन्दीहरुको लागी यातना कक्ष हो । यही कोठामा राखेर विक्की सिंहको समुहले कैदीहरुलाई चरम यातना दिने र अबैध कार्यको साथै लागुऔषधको सेवन गर्ने गरेका छन । नाइकेहरुले कारागार भित्र लागु औषध, चुरोट, खैनी, लगायतका अवैध सामानको व्यापार समेत गर्ने गरेको गिरीले बताए । “कैदीबन्दीहरु संग भेट्न आउने उनका परिवारका सदस्यहरुले ल्याएको सामानहरु भित्र दिने बहानामा खोसेर चौकिदार विक्की सिंहद्धारा संचालन गरिएको पसलमा राखिन्छ ।” गिरीले भने “बाहिर बजारमा पाइने भन्दा भित्र कारागारको पसलमा तिन दोब्बर बढी महङ्गोमा खरिद गर्ने बाध्यता छ ।”
मेस संचालनको जिम्मेवारी पाएका चौकिदार विक्कि सिंहले गुणस्तरहीन खाना खुवाइरहेको उनले बताए । प्रतिदिन ७ सय ग्राम चामल गरी महिनाको एक कैदी बन्दीले २१ किलो चामल र १८ सय नगद रकम पाउने गरेको भएपनि कैदीले थप खाना मागेमा चौकिदारले कुटने गरेको र प्रत्येक महिनाको १, ११ र २१ गते कैदीहरुलाई लामबद्ध गराएर चौकीदारको पसलमा खाए वापतको तेब्बर रकम असुल्ने र माँगे बमोजिमको पैसा नदिदा कोठा नम्वर ६ मा लगि चरम यातना दिने गरेको उनले भने ।
शौचालयमा मृत भेटिएका लडाई साहको पनि १ गते कै दिन मृत्यु भएको थियो । “पैसा हुनेले कारागार भित्र जे पनि गर्न पाउँछ । रकम लिएर कैदिलाई बाहिर होटेलहरुमा समेत पठाइन्छ ।” १६ महिना कारागार बसेर आएर आएका गिरीले कारागार भित्र नाइकेहरुको साम्राज्यका बारेमा बताउदै भने “कत्र्तव्य ज्यान मुद्दामा कैदीबन्दीको जिवन विताईरहेका शेख शौकतसंग चौकीदार विक्की सिंहले पैसा लिएर कारागार सुरक्षामा खटिने प्रहरीकै कोठामा एक महिलासँग अनैतिक सम्बन्ध समेत गराएका थिए ।”
विक्की सिंहको विपक्षमा आन्दोलन गर्ने जयबाबु सिंहले केही कैदीबन्दीलाई पैसा दिने प्रलोभन देखाएर अप्राकृतक मैथुन समेत गरेको कुरा मानव अधिकार आयोगको प्रदेशिक कार्यालय जनकपुरबाट आएका प्रतिनिधिहरुको अनुगमनको क्रममा बताएपटि उनलाई कारागार प्रशासनले केही दिन अघि रामेछाप सरुवा गरेको छ । नाइके सिंहको अन्यायका बारेमा कैदीबन्दीहरु एकजुट भएर विद्रोह गरेपछि जयबाबु सहित दश जनालाई रामेछाप कारागारमा सरुवा गरिएको हो ।
यस विषयमा गौर कारागारका जेलर शम्भु प्रसाद यादवले सबै आरोप निराधार रहेको कारागारमा कुनै त्यस्तो गैरकानुनी कार्य नभएको तथा राम्रो ढंगबाट संचालन भईरहेको बताए । कारागार व्यवस्थापन ऐनमा जघन्य प्रकृतिको कैदीलाई चौकीदार नबनाउने प्रावधान रहेपनि विक्की सिंहलाई जिम्मेवारी दिएको स्वीकार गरेका छन ।
गौर कारागारका जेलर यादवले हाल कारागारमा उत्पन्न भएको तनावका कारण विक्की सिंह पक्षलाई प्रहरी नियन्त्रणमा राखिएको तथा उनीहरुलाई अन्य कारागारमा सरुवा गर्ने तयारी भइरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै