दिलिप जयसवाल समूहको हुण्डि कारोवारका साम्राज्य आखिर कहिले सम्म…..कसको छ संरक्षण ?

0 Shares
तस्वीर सौंजन्यः पीएसआर खबर
रौतहट, ३० चैत । रौतहट जिल्लाको भारत संग जोडिएका सीमावर्ती नाकाहरुबाट हुण्डिको कारोवार गर्दै दुई देशमा हुण्डिको नेटवर्क संचालन गरिरहेका हुण्डि कारोवारीलाई कसले संरक्षण दिएको छ अहिले सर्वत्र चासोको बिषय बनेका छन् ।
भारत विहार राज्य सीतामढी जिल्ला बैरगनिया निवासी दिलिप जयसवालले संचालन गरेको हुण्डि नेटवर्कमा गौर देखि लिएर काठमाडौं सम्म, काठमाडौं देखि गोवा सम्मको संचाजल चलाईरहेका ति व्यक्तिलाई कसले संरक्षण दिएको कारण अहिले सम्म कारवाही नहुनु नै सर्वत्र चासोको विषय बनेका हुन् ।
बैरगनियाका दिलिप जयसवाल समुहले काठमाडौंमा पनि कारोवारको संजाललाई फैलाएको छ । गौरको विभिन्न नाकाबाट हुण्डीको कारोबार गरिरहेका दिलिप समूहका पार्टनर कौशल जयसवालको कनेक्शन काठमाण्डौमा देखिएको हो ।
मिडिया रिपोर्टका अनुसार संघिय राजधानी काठमाडौंको हनुमान ढोका माखन गल्लीमा कावेरी सारी कलेक्शन चलाएर बसेका भारत विहार पुर्वी चम्पारण जिल्ला घोडासहनका मुन्ना कुमार दिलिप समूहको काठमाण्डौको कारोबारको मुख्य पार्टनर रहेको श्रोतले दाबी गरे ।
माखन गल्लीमा पसल संचालन गरेर बसेका मुन्ना कुमार दिलिप जयसवाल समूहको विश्वासपात्र मध्येको एक हो । संघिय राजधानीमा बसेर मुन्नाले दिलिप समूहको हुण्डीको कारोबार संचालन गर्दै आएको श्रोतले बतायो । गतवर्ष हुण्डी कारोबारमा संलग्न रहेको आधारमा कालिमाटीबाट पक्राउ परेका मुन्ना कुमारलाई दिलिपको समूहले नै रातारात प्रहरी संगको डिलमा बाहिर निकाल्न सफल भएको ति श्रोतको दाबी छ ।
भारतमा सम्बन्धित निकायले दिलिप समूह माथि निगरानी बढाई भित्रि रुपमा अनुसन्धान थालेपनि गौर सहित विभिन्न नाका प्रयोग गरेर कारोवार संचालन गर्दै आएपनि ति गिरोह नसमातिनु कतै नियन्त्रण गर्ने निकायको साँठगाँठ त छ्रैनन् ? भने प्रश्न उब्जीदै गएको छ ।
स्मरणीय छ की, नेपाल भारतमा हुण्डिको कारोवार संचालन गरेर सम्राज्य संचालन गरेका दिलिप जयसवाल समुह र मुन्ना कुमार जस्ता पात्रहरुलाई समयमै नियन्त्रणमा लिएर आवश्यक कारवाही गर्ने तर्फ सम्बध निकायले यथोचित कदम चाल्नुपर्ने देखिन्छ ।
किनभने अहिले सम्म यस्ता अवाञ्छित कारोवारका साम्राज्य संचालन गर्नेहरु माथि कारवाही नहुँदा कतै न कतै कसैको आशिर्वाद विना यस्ता कारोवार संचालन गर्ने कसैमा हिम्मत छैनन् । त्यसैले यिनीहरुलाई कारवाही गर्नुका साथै संरक्षणकर्ता लाई समेत कानुनी कठघेरामा उभ्याउनु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।