जिल्ला प्रशासन कार्यालय पर्साद्धारा वीरगञ्जमा कर्फ्यु आदेश जारी

0 Shares

रौतहट, ३० चैत । हनुमान जयन्तीको अवसरमा विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्राको क्रममा शनिवार अपरान्ह् दुई समुदायबीच झडप भई अवस्था तनावपूर्ण बन्दै जाँदा शान्ति सुव्यवस्था कायम राख्ने हेतु स्थानीय प्रशासनलाई कर्फ्यु आदेश जारी गर्नुपरेको छ ।
आज अपराह्न करिब ४ बजे पछि सुरु भएको शोभा यात्रा वीरगञ्ज महानगरपालिका–२ श्रीराम हल नजिक रहेका जामा मस्जिद अगाडी यात्रा पुगेपछि दुई समूहबीच झडपको अवस्था सिर्जना भएपछि अवस्थालाई नियन्त्रणमा लिन प्रारम्भीक कोशिष गरिएपनि अवस्था झन् उग्र हुन थालेपछि कर्फ्यु आदेश जारी गर्नु परेको हो ।
शोभायात्रामा हिडेकाहरूलाई मस्जिदबाट ढुंगा प्रहार भएपछि सुरु भएको झडप तनावग्रस्त बनेको बताइएको छ।
अवस्था तनावग्रस्त बनेपछि प्रहरीले पाँच सेल अश्रुग्यास फायर गरेको थियो । झडपका क्रममा एक थान मोटरसाइकलमा आगजनी समेत भएको थियो । सोही ठाउँमा एउटा फ्रिज पनि पसलबाट बाहिरि निकालेर आगजनी भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा खटिएका ८ जना प्रहरी घाइते भएका छन् । जसमध्ये तीन जनाको नारायणी श्रेत्रीय अस्पतालमा उपचार जारी छ ।
उक्त झड्पमा शोभा यात्रामा निस्किएका युवकहरु पनि घाइते भएको बताइएपनि प्रहरीले अवस्थालाई पूर्ण नियन्त्रणमा लिएर कर्फ्यु लगाएको छ ।
साँझ साढे ६ बजेदेखि भोलि १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मिति २०८१ साल चैत्र ३० गते साँझ ६ः३० बजेदेखि मिति २०८१ साल चैत्र ३१ गते दिउँसो १२ः०० बजेसम्म कर्फ्यु लागू गरिएको हो । प्रशासनले अत्यावश्यक सेवामा संलग्न सवारीसाधन र व्यक्तिहरूले आवश्यक कागजातसहित परिचय खुल्नेगरी मात्र आवतजावत गर्न पाउने स्पष्ट पारेको छ । उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।