रौतहट, ३१ चैत । पर्सा सदरमुकाम वीरगञ्जमा लगाइएको कफ्र्यु को समयलाई स्थानीय प्रशासनले आज राति १२ बजे सम्म बढाएको छ ।
हनुमान जयन्तीको दिनमा विश्व हिन्दु परिषद नेपाल वीरगञ्ज महानगरद्वारा शनिवार आयोजित शोभा यात्राको क्रममा फरक समुदायद्वारा ढुंगामुढा गरेपछि भएको दोहोरो झड्प पछि ठूलो संख्यामा सुरक्षाकर्मी सहित स्थानीय बासिन्दाहरु घाइते भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले हिजो राति ७ बजे देखि आईतवार विहान १२ बजे सम्म कफ्र्यु लगाएका थिए । तर अवस्था अझै शान्तिमय बनाउनका लागि आज राति १२ बजे सम्मका लागि कफ्र्युलाई लम्ब्याइएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको सर्वपक्षीय बैठकले परिस्थितिको गम्भीरतालाई हेर्दै कफ्र्युको अवधि लम्ब्याउने निर्णय भएअनुसार बढाइएको छ ।
शनिवारको घटनाले साम्प्रदायिक तनावको जोखिम उच्च हुँदा प्रशासनले धार्मिक सद्भाव कायम राख्न र थप हिंसा रोक्न कफ्र्यु निरन्तर राख्ने निष्कर्ष निकालेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दीपक पटेलले सर्वपक्षीय बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, जनप्रतिनिधि र सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता थियो ।
बैठकमा शनिवार साँझ छपकैया क्षेत्रमा भएको झडपको विस्तृत समीक्षा गरिएको थियो । “जय श्रीराम” लेखिएको झन्डा खोस्ने प्रयास र इदगाह चोकमा भवनबाट ढुंगामुढा प्रहार भएपछि उत्पन्न विवादले हिंसात्मक रुप लिएपछि वीरगञ्ज सहरमा त्रास एवं तनावपूर्ण बनेका थिए । बैठकले यस्ता घटनाले धार्मिक सद्भावमा आँच पुग्न सक्ने भन्दै सबै समुदायलाई संयमित रहन र सामाजिक एकता कायम राख्न जोडदार अपिल गरेको छ ।
बैठकले सामाजिक सञ्जालमा फैलिएका भ्रामक भिडियो र अफवाहले तनाव थप बढाउन सक्ने ठहर गर्दै यस्ता सामग्रीलाई ध्यान नदिई विश्वास नगर्न र सेयर नगर्न समेत सचेत गराएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएका केही भिडियो प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भ्रामक प्रचारले सामाजिक सद्भाव भड्काउन सक्ने भन्दै सबैलाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।
हिजोको झड्पमा ४० जना घाइते
शनिवारको झडपमा कम्तीमा ४० जना घाइते भएका थिए । घाइतेहरूको नारायणी अस्पताल, गण्डक अस्पताल र अन्य निजी अस्पतालमा उपचार भइरहेको छ । इनर्वा क्षेत्रमा प्रहरीको गोली लागेर स्थानीय हरेन्द्र राउत अहिर घाइते भएका छन् ।
झडपका क्रममा दुई बिरयानी पसल, तीन मासु पसल, एक औषधि पसल र केही निजी घरमा तोडफोड भएको थियो । आक्रोशित भीडले आठ मोटरसाइकलमा आगजनी गर्दा लाखौँको सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १३० राउन्ड अश्रुग्याँस र दुई राउन्ड हवाई फायर प्रहार गरेको थियो ।
कफ्र्यु उल्लंघन गरेको आरोपमा आइतबार बिहान १० बजेसम्म विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी किशोर लम्सालले बताए ।
कफ्र्युका कारण भारतको रक्सौल नाकाबाट नेपाल भित्रिने यात्रुहरू सीमा क्षेत्रमा अलपत्र परेका छन् । प्रशासनले उनीहरूलाई सिर्सिया, बलिरामपुर र गण्डक नहरको वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ । टिकट र पहिचान पत्र जाँचेर यात्रुहरूलाई गन्तव्यमा पुग्न सहजता प्रदान गरिएको छ ।
अत्यावश्यक सेवामा संलग्न सवारी साधनहरू जस्तै दमकल, एम्बुलेन्स, स्वास्थ्यकर्मी, खानेपानी आपूर्ति, फोहोर व्यवस्थापन, सरसफाइकर्मी र परीक्षा दिने विद्यार्थीलाई आवागमनमा कुनै अवरोध नगर्न प्रशासनले निर्देशन दिएको छ ।
हिन्दु समाजले शनिवार साँझ पत्रकार सम्मेलनमार्फत घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको थियो ।
सबै समुदायलार्य संयमित हुन प्रजिअ अर्यालको अपिल
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सर्वपक्षीय बैठक र जारी छलफलले शान्तिको सन्देश दिने विश्वास व्यक्त गरे । उनले भने, “हामी सबै पक्षसँग छलफल गरिरहेका छौँ । कफ्र्यु राति १२ बजेसम्म कायम रहनेछ र त्यसपछि परिस्थितिको मूल्याङ्कन गरेर थप निर्णय लिइनेछ । सबै समुदायलाई संयमित रहन र सामाजिक सद्भाव कायम राख्न अपिल गर्छु ।”
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन