रौतहटका व्यापारीहरुद्वारा भन्सार कार्यालयमा ज्ञापन पत्र, समस्या समाधान नभए बैशाख १६ देखि अनिश्चितकालिन ताल्चा लगाउने चेतावनी

0 Shares
रौतहट, ३१ चैत । रौतहटका व्यापारीहरुलाई खाद्यान्न एवं कृषिजन्य सामानहरु ल्याउन गौर भन्सार कार्यालयमा कृषि एवं फुड क्वारेन्टाइनको अविलम्ब व्यवस्थान गराउनु पर्ने माग राख्दै गौर भन्सार कार्यालय मार्फत अर्थ मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
कौशल साहको नेतृत्वमा गएका व्यापारीहरुले यस भेगका सबै भन्दा पुरानो भन्सार कार्यालयको रुपमा रहेका गौर भन्सार कार्यालयको स्थापना २०३३ सालमा भई आयात निर्यातको कार्य सहुलियत पूर्वक हुँदै आएपनि नेपाल सरकारको उपेक्षाको शिकार बनेका कारण गौर भन्सार कार्यालयबाट बार्षीक लक्ष्य प्रभावित समेत हुँदै आएपनि सम्बध निकाय उदाशिन रहदा बाध्य भएर व्यापारीहरु तिन सुत्रिय मात्र राख्दै गौर भन्सार कार्यालय मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु परेका हुन् ।
विगतका दिनहरुमा कयौं पटक विभाग देखि लिएर अर्थ मन्त्री समक्ष कुराहरु राखिसकेको भएपनि कहिकतैबाट सुनुवाई नहुँदा यहाँका व्यापारीहरु वीरगञ्ज र मलंगवा भन्सार भएर खाद्यान्न र फलफुल ल्याउन ढुवानीमा बढि भाडा खर्चिदा व्यापार नै चौपट हुने अवस्थामा पुगेको गुनासो यहाँका व्यापारीहरुले गर्दै उक्त समस्या समाधान नभए चरणबद्ध रुपमा संघर्षमा उत्रिने समेत चेतावनी ज्ञापन पत्र मार्फत दिएका छन् ।
निर्धारित कार्यक्रम अनुसार आज ज्ञापन पत्र बुझाइयो, ज्ञापन पत्रबाट कुनै सुनुवाई नभएमा बैशाख ७ गते देखि १५ गते सम्म गौर भन्सार कार्यालय गेटमा व्यापारीहरुद्वारा धर्ना प्रदर्शन गरिने, त्यतीबाट पनि सुनुवाई नभएमा बैशाख १६ गते अनिश्चितकालिन भन्सार कार्यालयमा ताल्चा लगाउने चेतावनी व्यापारीहरुले दिएको व्यापारी कौशल साहले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै गौर भन्सारका कार्यालयका प्रमुख अमिन्द्र सिंहले यहाँका व्यापारीहरुलाई भईरहेको मर्कालाई एवं बाध्यतालाई विभागलाई जानकारी गराईसकेको र विभाग पनि गम्भीर रहेको हुँदा धर्य गर्न उनले आग्रह गरे । व्यापारीहरुले बुझाइएको ज्ञापन पत्रलाई विभाग र अर्थमन्त्रालयमा पठाइदिने समेत प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।