तराई टप संवाददाता
रौतहट, १६ मंसिर । एमालेको चितवनमा सम्पन्न भएको १० औं राष्ट्रिय महाधिवेशनबाट एक महिला सहित ४ जना केन्द्रीय सदस्य रौतहटले पाएका छन् ।
१० औं राष्ट्रिय महाधिवेशनमा प्रभु साह, कुन्दन कुश्वाहा, उपेन्द्र साह र रेखा झाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको तर उनको पदमा अरुले उम्मेदवारी नदिदा उनीहरु निर्विरोध निर्वाचत भएपछि एमालेमा रौतहटको तर्फबाट चार जना केन्द्रीय सदस्य पाउने सौभाग्य पाएका हुन् ।
माओवादीबाट एमालेमा प्रवेश गर्नु भएका पुर्व मन्त्री प्रभु साह पार्टीको भूगोल कोटाबाट, कुन्दन कुश्वाहा, महिला कोटाबाट रेखा झा, मधेसी कोटाबाट उपेन्द्र साह निर्वाचित हुनु भएको छ । केन्द्रिय सदस्यमा निर्वाचित भएका चारैजना लाई एमाले पार्टीका नवनिर्वाचित अध्यक्ष केपि शर्मा ओलिले मंगलबार चितवनमा सपथग्रहण गराउनु भएको थियो ।
अर्का एमाले नेता, किरण साह लाईपछि केन्द्रिय सदस्यमा मनोनीत गर्ने छलफल भैरहेको पार्टी स्रोतबाट बुझिएको छ । एमालेको १० औं महाधिवेशनमा रौतहट लगायत पुरै प्रदेश २ बाट भूगोल, मधेसी, दलित, महिला लगायत कोटामा मधेसी समुदायका नेताहरू लाई केन्द्रिय सदस्यमा उचित स्थान दिएको भन्दै एकजना नवनिर्वाचित केन्द्रिय सदस्य उपेन्द्र साहले पार्टी अध्यक्ष ओलिको खुलेरै प्रशंसा गरे ।