तराई टप संवाददाता
रौतहट, १७ मंसिर । स्थानीय तहमा संचालनमा रहेको सामुदायिक सिकाई केन्द्रहरुलाई दात्री निकाय कोइकाको सहयोगमा युनेस्कोले विद्युतिय प्रविधि सामग्री हस्तान्तरण गरेको छ ।
रौतहटको राजदेवी नपा ७ मा क्राइमकेयर सामुदायिक सिकाई केन्द्र, राजपुर नपा ७ र ९ मा अकोलवा सामुदायिक सिकाई केन्द्र, देवाही गोनाही नपा ७ मा जनकल्याण सामुदायिक सिकाई कन्द्र तथा सर्लाहीको हरिवन नपामा चतुर्भुजेश्वर सामुदायिक केन्द्र र गोडैता ५ मा अभियान नेपाल सामुदायिक सिकाई केन्द्रहरुलाई २ थान ल्यापटप, एक थान प्रिन्टर, एक थान प्रोजेक्टर, एक थान क्यामरा हस्तान्तरण गरिएको युनेस्कोका रौतहट संयोजक दिपेन्द्र ठाकुरले जानकारी दिए ।
रौतहटको ३ र सर्लाहीको २ स्थानीय तहमा संचालनमा रहेको सामुदायिक सिकाई केन्द्रको माध्यमबाट किशोरी तथा युवा महिलाहरुको वृहद बौद्धिक, यौनिकता शिक्षा र सुरक्षित सिकाई वातावरण अन्तर्गत उनीहरुलाई प्रविधमा दक्ष बनाउने उद्देश्यबाट युनेस्को द्धारा विद्युतिय प्रविधि सामग्री वितरण गरिएको उनले भने ।
स्थानीय तहमा संचालनमा रहेका सिकाई केन्द्रहरुलाई चलायमान बनाउन तथा प्रविधि मैत्र बनाउने उद्देश्यले विद्युतिय सामग्री हस्तान्तरण गरी गाउँका बालिकाहरुलाई शिक्षामा सहज रुपमा पहुच हुन टेवा पुग्ने विश्वास युनेस्कोले लिएको हुँदा विरतण गरिएको विद्युतिय सामग्रीबाट उनीहरुको सिकाईमा मद्दत पुग्ने आशा युनेस्कोको रहेको संयोजक ठाकुरले बताए ।
पाँचै स्थानीय तहको प्रमुखको रोहवरमा कोइकाको सहयोगमा युनेस्कोले उक्त सामग्री हस्तान्तरण गरिएको संयोजक ठाकुरले बताए । राजदेवी नगरपालिकाको मेयर धिरेन्द्र सिंहले सामुदायिक सिकाई केन्द्रमा अध्ययनरत किशोरी एवं युवा महिलाहरुलाई युनेस्कोबाट प्राप्त भएको सामग्रीबाट उनीहरुको बौद्धिक क्षमतामा विकास हुनुको साथै कम्प्युटर प्रविधिमा समेत दक्ष बन्ने विश्वास व्यक्त गरे ।