नाढीमन ताल संरक्षण र विकासका लागि मुख्यमन्त्रीलाई ज्ञापन पत्र

0 Shares
सर्लाही, ४ वैंशाख । सर्लाही जिल्लाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने नाढीमन तालको संरक्षण र समग्र रुपमा विकासको माग गर्दै चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापनपत्र मार्फत गाउँपालिका अध्यक्ष महतोले महाभारतकालीन यक्ष दहका रूपमा चिनिने नाढीमन तालको ऐतिहासिकता उजागर गरेर प्रदेश सरकारले यसलाई प्राथमिकताको सूचीमा राख्नुपर्ने आवश्यकता औंल्याएका हुन् । उनले  नाढीमन ताल न केवल सांस्कृतिक सम्पदा हो, तर यसले मधेशको पर्यटन प्रवद्र्धन, कृषि सिंचाइ, वातावरणीय सन्तुलन र स्थानीय रोजगारीमा समेत उल्लेखनीय भूमिका खेल्न सक्ने बताए ।
“मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा नाढीमन ताललाई राष्ट्रिय गौरवको आयोजना अन्तर्गत समावेश गरे तापनि यसको विकास र सौन्दर्यीकरणका लागि अझै ठोस पहल नभएकोमा चिन्ता व्यक्त गर्नुपरेको हो,” अध्यक्ष महतोले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
अध्यक्ष महतोका अनुसार तालको समुचित संरक्षण र भौतिक पूर्वाधार विस्तारका लागि स्थानीय तहको स्रोत मात्र पर्याप्त नहुने र यसका लागि अरबौं रुपैयाँ बराबरको लगानी आवश्यक रहेको छ । उनले प्रदेश सरकार सँगै संघीय सरकारबाट पनि विशेष सहकार्य र बजेटको सुनिश्चितता गरिनुपर्ने माग राखे ।
ज्ञापन पत्रमा नाढीमन तालसँग सम्बन्धित अन्य साना तालतलैया, धार्मिक स्थलहरू, नदी–नाला तथा भूमिहीन दलित समुदायको व्यवस्थापन गरी समग्र क्षेत्रमा समृद्धि ल्याउन सकिने सम्भावनाको पनि चर्चा गरिएको छ ।
‘नाढीमन तालको संरक्षण हाम्रो साझा जिम्मेवारी हो,’ अध्यक्ष महतोले भने, ‘यसलाई आधुनिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरेर नेपाल, भारत र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने अवसर हामीले चुकाउनु हुँदैन ।’
ज्ञापन पत्रमार्फत उनले नाढीमन तालको मौलिक शैलीमा पुनर्निर्माण, हरित विकास र सौन्दर्यीकरण गरी यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न प्रदेश सरकारबाट तत्काल पहलको माग गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।