सर्लाहीको पर्सा गाउँपालिका स्थित सखुअवा गाउँमा भण्डारण गरिएका विदेशी मकैंको बोराहरु लुट्दै गएको तराई टप लाई प्राप्त भएको तस्वीर ।
तराई टप डेष्क
सर्लाही र रौतहट जिल्लाको भारत संग जोडिएका सीमानाकाहरुबाट नियमनकारी निकायको सेटिंगमा ठूलो परिमाणमा तस्करी कार्य जारी रहेका छन् ।
हुनत मधेश प्रदेशका अन्य जिल्लाहरुबाट नियमनकारी निकायको सेटिंगमा भारतबाट नेपालमा तथा नेपालबाट भारतमा ठूलो परिमाणमा तस्करी कार्य निर्वाध रुपमा जारी हरेका हुन् ।
यसैक्रममा नेपालमा डिमाण्ड नै नभएका सामानहरु अर्जेन्टीना, टर्की लगायतका देशबाट आयात गरिएका उच्च क्वालिटीका मकैं सीमावर्ती क्षेत्रमा भण्डारण गरेर भारत तर्फ तस्करी कार्य भईरहेको पाइएका छन् ।
सर्लाहीको पर्सा गाउँपालिकाको सखुअवा स्थित सिमावर्ती क्षेत्रमा रहेका जस्तापाताको घरमा भण्डारण गरिएका करिव ४ सय बोरा टर्किस मकैंको सेटिंग नमिल्दा अलमल परेपनि पुनः सशस्त्र प्रहरी र नेपाल प्रहरीकै सामुमा तस्करहरुले स्थानीयलाई उचालेर लुट्न लगाएका हुन् ।
गत साता झापाको नाका भएर नेपाल भित्रयाइएका उक्त मकैंलाई सर्लाही जिल्लाको भारत संग जोडिएका सीमा क्षेत्र देखि ३ सय मिटर उत्तर पटि जस्तापाताको घरमा भण्डारण गरी राखिएको अवस्थामा प्रस्तावित गुल्म टावरका डिएसपी सुमन ढुंगानाको कमाण्डमा खटिएका सुरक्षाकर्मीहरुले गएको शनिवार विहानै उक्त गोदाममा छापा हाने । छापा हानेर उक्त मकैंको कागजातहरु खोजतलास गर्दै त्यहाँ विवाद सृजनाको बहानामा पछि हटेका थिए ।
मलंगवा भन्सार कार्यालय त्यहाँ नसक्ने अवस्था सृजना भएपछि राजस्व अनुसन्धान कार्यालय पथलैयाबाट खटिएका अनुसन्धान अधिकृतले उक्त गोदामा रहेका टर्किस मकैं ल्याउन प्रक्रिया सम्बन्धी कागजातहरु लिएर पथलैया आउनु भन्दै गोदामलाई सिल गरी खाता लिएर आएको राजस्व अनुसन्धान कार्यालय पथलैयाको प्रमुख हरी शर्माले जानकारी दिएको भोली पल्टै उक्त गोदाममा भण्डारण गर्न लगाएको व्यापारी सन्तोष साह कलवार, उमेश भारत तीरका भैइलोकले महिलाहरुलाई उचाल्न लगाएर गोदामबाट लोड गर्दै गरेको अवस्थामा उक्त मकैं लुटेर लगेको श्रोतले बतायो ।
सुरक्षाकर्मीको सेटिंग नभएको भए राजस्वले सिल गरेको मकैं कसरी लुट्ने हिम्मत तस्करहरुले गर्न सक्छ ? यहाँ निर गम्भीर प्रश्न चिन्ह् खडा भएका छन् । नेपाल भारत दुबै क्षेत्रका तस्करहरुले उक्त मकैं लुटेर लगिसकेपनि सुरक्षाकर्मीहरु मात्रै मुकदर्शक बने ।
यस विषयमा सशस्त्र प्रहरी बल नेपाल नम्वर १० गणका एसपी देवबहादुर चन्दले हामी राजस्वलाई खवर गरेर कारवाही प्रक्रियामा अघि बढाउनमा सघाउ पुर्याएका छौं । अनावश्यक कसैैले हल्ला उठाइदिएको गोदामबाट मकैंको बोराहरु लुटेर लग्यो तर त्यसो नभएको तराई टप लाई बताए ।
गएको शनिवार हामीहरु ल्याउने क्रममा थुप्रै स्थानीयहरु भेला भएर लुट्ने प्रयास गर्दा एक दुई बोरा लुटेर लगेको होला तर राजस्व कार्यालय पथलैयाका प्रमुख आफै आएर वडाध्यक्षको रोहवरमा मुचुल्का उठाई सम्पूर्ण कागजातहरु लिएर गएको हुँदा उक्त सामान सबै सुरक्षित रहेको एसपी चन्दले भने ।
यस्ता सामान्य ४ सय बोरा तेश्रो मुलुकबाट आएर नेपाली भुमि हुँदै भारत तर्फ जाने सामानहरु छन् तर भारतबाट नेपाल तर्फ आउने सामानहरु तस्करी एवं चोर बाटोको माध्यमबाट आइरहदा दैनिक लाखौं लाख राजस्व प्रभावित भईरहेको पाइएका छन् । सर्लाहीको सग्राम्पुर, पर्सा, सखुअवा, त्रिभुवननगर, लचका, टावर, गोरखकाली, भाँडसर लगायतका सर्लाहीको विभिन्न चोरनाकाहरुबाट निर्वाध रुपमा तस्करी कार्य तिव्र गतिमा भईरहेको श्रोतले दाबी गरेको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरी दुबैले सादा पोशाकमा मानिस परिचालन गरेर सेटिंग मिलाइ राजस्व चुहावटको कार्य गराएर व्यक्तिगत स्वार्थमा लिन रहेको पाइएका छन् ।
यसैगरी रौतहटको लक्ष्मिपुरबेलछिवा, बन्जरहा, औरैया, रामपुरखाप, लतमरी, मठिया, महुलिया, जयनगर, बंकुल लगायतका क्षेत्रबाट दैनिक रुपमा खाद्यान्न सामानहरु, सुर्ती, चप्पल, ठूलो परिमाणमा कपडा, चिनी, तरकारी, मलखाद्य, स्पेयर पार्टस, हार्डवेयर लगायतका सामानहरु सहित आलु प्याजलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिंगमा निर्वाध रुपमा भित्रिदै गएपनि सम्बध निकाय उदाशिन वा सामानहरु नियन्त्रणमा लई बुझाउने बाहेक पूर्ण रुपमा तस्करीलाई निष्तेज पार्न नसकेको कारण रौतहटमा भन्सारको राजस्वमा निकै ह्रास आएको श्रोतले बताउछन् ।
२०८१ वैंशाख १ देखि लिएर २०८२ वैंशाख ८ गते सम्ममा ५ करोड ८९ लाख ७४ हजार २३५ रुपैयाको मालसामानहरु समाते बताए । उक्त क्रममा ११० जना तस्कर, २३७ मोटरसाइकल, ४ वटा स्कारपियो, ९ वटा सिटी रिक्सा, ३ वटा पिकअप र ३१ वटा साइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराएको तथ्याँकमा उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त भएको तथ्याँक अनुसार यस जिल्लामा तस्करीको अवस्था कस्तो छ त्यसलाई पुष्टि गर्दछ । तस्करी नहुँदा झण्डै ६ करोड मालसामान कसरी समातियो ? प्रश्न उठ्नु स्वभाविकै रहेको जानकारी श्रोतले दिदै राजस्व चुहावटमा नियमनकारी निकायनै संलग्न रहेको हुँदा टार्गेट अनुसारको भन्सार कार्यालयले राजस्व संकलन गर्न सकेका छनन् । राजस्व चुहावट समितिको बैंठक बसेपनि उक्त नियमकानुन कागजमै थन्किदा राजस्व प्रभावित हुँदै गएको ति श्रोतको दाबी छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन