मधेश मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका अध्यक्ष उपाध्याय विरुद्ध विशेष अदालतमा मुद्दा दायर

0 Shares
रौतहट, ९ वैशाख । सपथ ग्रहण गरेको भोली पल्टै मधेश प्रेस काउन्सिलको नवनियुक्त अध्यक्ष विरुद्ध भ्रष्टाचारको मुद्दामा अख्तिायारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मधेश प्रदेशको मन्त्रीपरिषदको गत आईतवार बसेको बैठकबाट रिक्त रहेका मधेश प्रेस काउन्सिलको अध्यक्षमा कमलकुमार उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेका थिए । निर्णय लगतै हिजो सोमवार मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा गृह, संचार तथा कानुनमन्त्री राजकुमार लेखिले पद तथा गोपनियताको सपथ गराए लगत्तै उनी काउन्सिलको कार्यालयमा पुगेर पदभार ग्रहण गर्न भ्याए ।
सपथ एवं पदभार ग्रहण गरेको भोली पल्टै विशेष अदालतमा उपाध्याय विरुद्ध मुद्दा अख्यिारले दर्ता गराउनु मधेश प्रदेशको कार्य शैली माथि समेत प्रश्न चिन्ह् खडा भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्याय लगायत विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरे । मुद्दा दायर भएसँगै उपाध्याय मधेश प्रेस काउन्सिलको अध्यक्ष पदबाट स्वतः निलम्बन भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिकाले सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिमता गरेको सम्बन्धमा अनुसन्धान गर्दा उपाध्याय लगायत दोषी देखिएको अख्तियारले जनाएको छ ।
अख्तियारले पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल आसिम मियाँ अन्सारी विरुद्ध पनि मुद्दा दायर गरेको छ ।
यादव, अन्सारी र उपाध्यायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कसूर गरेकोले बिगो रकम तीन लाख ५२ हजार ५६० रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना सजाय गरी बिगो असुल उपर गर्न अख्तियारले विशेष अदालत समक्ष माग दावी गरेको छ ।
नगरपालिकाबाट आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालित ठेक्काहको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नु पर्नेमा के एस मल्टिपर्पस प्रालिका अध्यक्ष कमल कुमार उपाध्याय समेतको मिलेमतोमा पचरौता नगरपालिकाको ठेक्काको अभिलेख राख्ने प्रयोजनार्थ मात्र प्रभाव दैनिक पत्रिकामा एक प्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको अख्तियारको निष्कर्ष छ ।
अख्तियारले त्यसरी बोलपत्र सम्बन्धी सूचना प्रकाशित गरी पचरौता नगरपालिकामा पेश गर्न लगाई झुट्टा विवरणसहितको पत्रिकाको आधारमा तीन लाख ५२ हजार ५६० रुपैयाँ उपाध्यायको केएस मल्टिपर्पस प्रालिलाई भुक्तानी दिएको पुष्टि भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।