इस्लामिक आतंकवाद विरुद्ध राष्ट्रिय एकता अभियानको जनकपुरमा प्रदर्शन, बंगलादेशका कार्यकारी प्रमुख मोहम्मद युनुसको पुतला दहन

0 Shares
जनकपुरधाम, ९ वैंशाख । राष्ट्रिय एकता अभियानले इस्लामिक आतंकवाद विरुद्ध जनकपुरधाममा मंगलवार प्रदर्शन गर्दै वंगलादेशका कार्यकारी प्रमुख मोहम्मद युनुसको पुतला दहन गरेका छन् ।
बंगलादेशमा हालै हिन्दूवादी नेता भाबेशचन्द्र रायको निर्ममतापूर्वक हत्या गरिएका विरोधमा आज जनकपुरमा ‘राष्ट्रिय एकता अभियान’ ले तीव्र विरोध प्रदर्शन गर्दै बंगलादेशका कार्यकारी प्रमुख युनुसको पुतला दहन गरेका हुन् ।
प्रदर्शनकारीहरूले “बंगलादेशमा हिन्दूहरूको हत्या बन्द गर”, “अल्पसंख्यकको सुरक्षा ग्यारेन्टी गर”, “प्रधानमन्त्री युनुस मुर्दाबाद”, र “इस्लामिक आतंकवादी मुर्दाबाद” जस्ता नारा लगाउँदै आक्रोश पोखे ।
यस विरोध प्रदर्शनका क्रममा विभिन्न वक्ताहरूले अन्तर्राष्ट्रिय समुदायको ध्यान बंगलादेशमा बढ्दो धार्मिक कट्टरता र अल्पसंख्यकहरू माथि भइरहेका आक्रमण तर्फ ध्यानाकृष्ट गराए । उनीहरूले हिन्दू समुदायको संरक्षण नहुनु अन्तर्राष्ट्रिय मानव अधिकारको उल्लंघन भएको भन्दै संयुक्त राष्ट्रसंघ, मानव अधिकार संगठनहरू र शक्तिशाली लोकतान्त्रिक राष्ट्रहरूले चाँडै हस्तक्षेप गर्नुपर्ने माग राखे ।
राष्ट्रिय एकता अभियानका अगुवाहरूले इस्लामिक आतंकवाद अब कुनै राष्ट्रको मात्रै समस्या नभएर सम्पूर्ण विश्व सभ्यतामाथिको खतरा भएको बताए । “आज भाबेशचन्द्र रायको हत्या भएको छ, भोलि विश्वका जुनसुकै कुनामा इस्लामिक अतिवादले निर्दोषको ज्यान लिन सक्छ । यसलाई समयमै रोक्न सकिएन भने मानवीय सभ्यता नै संकटमा पर्न सक्छ,” अभियानका नेता मनीष पुर्वेले भने ।
प्रदर्शनकारीहरूले बंगलादेश सरकारसँग अल्पसंख्यकहरूको संरक्षणका लागि कडा नीति अवलम्बन गर्न आग्रह गरे, युनुस नेतृत्वको मौनता र असहिष्णुता प्रति गम्भीर आपत्ति जनाए ।
जनकपुरधामको यो आन्दोलनले इस्लामिक कट्टरपन्थ विरुद्ध आवाज उठाउने क्षेत्रीय र अन्तर्राष्ट्रिय पहललाई थप ऊर्जा दिने विश्वास अभियानले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।