download zoom meeting windows how do i get zoom app zoom app error how do i download a zoom recording link zoom software download windows 10 is zoom free to download zoom download 64-bit

नेपाली काँग्रेस सर्लाहीको अधिवेशन गराउने निर्वाचन अधिकृत राउत काठमाडौ फर्किए

   १७ मंसिर २०७८, शुक्रबार १५:४५  

तराई टप संवाददाता
रौतहट, १७ मंसिर । नेपाली काँग्रेस सर्लाहीको अधिवेशन गराउन खटाइएको तेश्रो निर्वाचन अधिकृत भरत राउत पनि थकित भएर काठामाडौ फर्किएका छन् ।
सर्लाही जिल्लामा संघिय साँसद अमरेश कुमार सिंह र प्रदेशको महिला बालबालिका तथा खेलकुद मन्त्री विरेन्द्र यादव पक्ष विच पटक पटक सहमती गराएपनि वाद विवादको साथै दोहोरो झड्प भएको कार्य नरोकिदा थकित भएर निर्वाचन अधिकृत राउत काठमाडौं फर्किएका हुन् ।
राउतले अधिकांश वडाहरुमा अधिवेशन गराए पनि बाँकी अधिवेशन गराउन नसक्ने भन्दै बिहीबार दिउँसो काठमाण्डौं फर्किएको बताइएको छ । दुई पक्षबीचको विवादले वडा अधिवेशन गराउन नसक्ने भन्दै यसअघि पनि दुई जना निर्वाचन अधिकृत सर्लाहीबाट फिर्ता भएका थिए ।
निर्वाचन अधिकृत फर्किएपछि आजको लागि तय भएको प्रतिनिधि तथा प्रदेश सभा अधिवेशन अन्यौलमा परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै