आमा संगै घुम्न गएका रुपन्देहीका न्यौंपाने आतंकवादीको शिकार बने

0 Shares
रौतहट, १० वैंशाख । भारतको दक्षिण कश्मीरको पहलगाम स्थित बैसारनमा मंगलवार आतंकवादी हमलामा परेर रुपन्देशीका सुदीप न्यौंपाने दुखद निधन भएको छ ।
मिडिया रिपोर्टका अनुसार गृहमन्त्री रमेश लेखकले हिजो भएको आतंकबादी हमलामा नेपाल इन्जिनियरिङ कलेजमा अध्ययन गर्दै आएका न्यौंपाने विदाको समयमा आमालाई लिएर घुम्न गएको जानकारी दिएको हो ।
‘न्यौपाने आफ्नो आमा सहित घुम्न गएको थियो, त्यसक्रममा आतंकी घटनाको शिकार बने’, बिहीबार सुरक्षा संवाददाताहरुसँग अन्तरक्रियाका क्रममा उनले भने, ‘यो प्रारम्भिक जानकारी हो ।’
गृहमन्त्री लेखकले दूतावासमा सम्पर्क गरेर थप विवरण लिने काम भइरहेको उनले बताए । मंगलबार कश्मीरको पर्यटकीय स्थलमा आतंकवादीको हमलामा परी कम्तीमा २६ जनाको मृत्यु भएको थियो ।
जम्मुकश्मिरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरेर नै आक्रमण भएको थियो । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ ।
भारतीय मिडियाहरुका अनुसार बैसारन सुन्दर भएकाले ‘मिनी स्विटजरल्याण्ड’ भन्ने गरिन्छ । सो स्थान पर्यटकमाझ चर्चित छ ।
आतंकवादीहरुले नियन्त्रणमा लिएर नाम सोधी–सोधी पर्यटकलाई गोली हानेर मारेको तथा जसले नाम नभन्दा उसको पाइन्ट खोल्न लगाएर गोली हानी हत्या गरेको अन्तरराष्ट्रिय समाचार माध्यमहरुमा उक्त कुरा उल्लेख गरिएका छन् । मारिनेहरुमा नेपाल र यूएईका नागरिक सहित गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका बासिन्दाहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।