पहलगाम आतंकवादी हमलाका मास्टरमाइन्ड सैफुल्लाह खालिद संग पाकिस्तानी सेनाको कनेक्सन के हो ?

0 Shares

सैफुल्लाह खालिदलाई पाकिस्तानी सेनाले उक्साएर युवाहरूलाई ब्रेन वास गरेको आरोप लगाइएको मिडिया रिपोर्टहरुमा उल्लेख छ । सैफुल्लाह खालिदलाई हालै पाकिस्तानको पञ्जाबको कंगनपुरमा जिहादी भाषण दिन पाकिस्तानी सेनाले बोलाएको मिडिया रिपोर्टमा भनिएको हो ।

जम्मू कश्मीर, १० वैशाख । दक्षिण कश्मीरको पहलगाम बैसारण क्षेत्रमा मंगलबार आतंकवादीहरूले पर्यटकहरूको एक जत्था माथि गोली चलाउँदा कम्तिमा २६ जनाको मृत्यु भयो र धेरै घाइते भए ।
यस प्रकारको बर्बर घटनाले भारत, नेपाल सहित विश्वभर स्तब्ध भएको छ र नेताहरूले आक्रमणको निन्दा गरेका छन् । पछिल्लो रिपोर्ट अनुसार, क्रूर हत्याको जिम्मेवारी लश्कर–ए–तैयबाको प्रोक्सी संगठन, प्रतिरोध मोर्चा (टिआरएफ) ले लिएका हुन् ।
पहलगाममा भएको आतंकवादी हमलाको मास्टरमाइन्ड आतंकवादी सैफुल्लाह खालिद रहेको मिडिया रिपोर्टका माध्यमबाट स्रोतले खुलासा गरेको छ ।
को हुन् सैफुल्लाह खालिद ?
सैफुल्लाह खालिद, जसलाई सैफुल्लाह कसुरी पनि भनिन्छ, पाकिस्तानमा रहेको आतंकवादी संगठन लश्कर–ए–तैयबाका उपप्रमुख हुन् । मिडिया रिपोर्टका अनुसार उनको पाकिस्तानी आतंकवादी हाफिज सईदसँग नजिकको सम्बन्ध रहेको छ । पाकिस्तानको पूर्ण समर्थन पाएका खालिद सेनाका अधिकारीहरूको ’मनपर्ने व्यक्ति’ हुन् र पाकिस्तानमा उनी स्वतन्त्र रूपमा घुम्छन् । उनी धेरै जिहादी भाषणहरू दिनमा कुख्यात छन् ।
खालिदलाई पाकिस्तानी सेनाले उक्साएर युवाहरूको ब्रेन वास गरेको आरोप पनि लगाइएको छ, रिपोर्टहरुमा भनिएका छन् । उनलाई हालै पाकिस्तानको पञ्जाबको कंगनपुरमा जिहादी भाषण दिन पाकिस्तानी सेनाले बोलाएको थियो ।
TRF के हो ? 
TRF लाई २०२४ मा केन्द्र सरकारले प्रतिबन्ध लगाएको थियो, हिंसात्मक चरमपन्थीलाई अगाडि बढाउनको लागि अनलाइन माध्यम मार्फत युवा र आतंकवादीहरूको भर्तीमा संलग्न भएको कारण त्यो समूह सक्रिय रूपमा आतंकवादीहरूको घुसपैठ र पाकिस्तानबाट जम्मू–कश्मीरमा हतियार र लागूपदार्थको तस्करीमा संलग्न रहेको बताइएको छ ।
त्यो समूह सन् २०१९ मा प्रतिबन्धित पाकिस्तानी इस्लामवादी सलाफी जिहादी संगठन लस्कर–ए–तैयबाको एक संगठनको रूपमा गठन गरिएको थियो, जुन २६÷११ मुम्बई आतंकवादी हमलामा संलग्न थियो ।
यसैबीच, TRF कमाण्डर शेख सज्जाद गुललाई गैरकानूनी गतिविधि रोकथाम ऐन १९६७ अन्तर्गत आतंककारीको रूपमा तोकिएको छ । TRF समय–समयमा J&K मा नागरिकहरू, सुरक्षा बलहरू र राजनीतिक व्यक्तित्वहरूलाई लक्षित गरी क्रूर हमलाहरू गर्नका लागि कुख्यात रहेको छ ।
श्रोतः न्यूज २४

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।