425
Shares
तराई टप संवाददाता
काठमाडौं, १७ मंसिर । कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा हुन ननिद नेपाल सरकारले ९ देशबाट नेपाल प्रवेशमा रोक लगाउने छ ।
गत सोमवार बसेको मन्त्री परिषदको बैठकबाट दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्वाब्बे, नामिविया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हंककंगबाट आउने यात्रु, ति देशलाई ट्रान्जिट बनाएर आउने र तीन हाप्ता भित्र ति मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
शुक्रवार राति १२ बजे देखि यो निर्णय लागु हुनेछ । दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाईरसको ओमिक्रोन नामक भाइरस अत्याधिक सर्ने भएको हुँदा त्यसको त्रास नेपालमा पनि बढिरहेको तथा विश्व स्वास्थ्य संगठनले नेपाललाई सतर्क रहन भने पछि मन्त्री परिषदले ९ देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन