छोरीलाई मारेर झुण्डयाएको ११ दिन बितिसक्दा पनि पीडकलाई कारवाही भएनः पीडिता कान्ति देवी महतोको दुखेसो

0 Shares
रौतहट, १० वैंशाख । जेठो छोरा ५ बर्ष अघि मानसीक सन्तुलन गुमाएपछि बुहारी, नातिनातिनालाई पालनपोषण गर्न जमर्को गरेकी छोरीलाई सामान्य विवादमा जेठाजु, देवरदेवरानी मिली मारेर झुण्डयाएको आज ११ दिन वितेको छ तर कारवाही भएन पीडिता आमा कान्ति देवी महतोले दुखेसो पोखिन ।
रौतहटको परोहा नगरपालिका वडा नम्वर ५ भेडियाही निवासी श्रीमती कान्ति देवी महतोलाई दुई छोरी, मानसिक सन्तुलन ठिक नभएका ३० बर्षीय छोरा, एक बुहारी, तिन नातिनी र एक नातिको भरणपोषण गर्न जिम्मेवारी थपियो । किन भने तिन बर्ष अघि उनका श्रीमान विनोद महतोको क्यान्सरबाट मृत्यु भएपछि घरका सबै सदस्यलाई भरणपोषण एवं लालनपालनको जिम्मेवारी थपिए ।
कान्ति देवीको विवशतालाई हेरेर जेठि जोरी उर्मिला कुमारीले सिलाईकटाईको तालिम लिएर घरमै कपडाको सिलाईको काम सुरु गरेर आमालाई सघाउन थालिन । समयको परिवर्तन संगै उर्मिलालाई पनि विदेशमा गएर कमाउने र घरको समस्या समाधान गर्ने जाँगर चलेर पासपोर्ट समेत बनाई मलेसिया जाने तरखरमा थिए ।
कान्तिको छोरा संदिप महतोको मानसिक सन्तुलन गुमाएपछि निजलाई सुधार केन्द्रमा राख्न देवर कलेश्वर महतोबाट १० हजार रुपैया लिएर भर्ना गराए । हजारौं रुपैया खर्चिदा छोरा निको भएन । सोही १० हजारको लागि गत चैत ३१ गते विहान ११ बजेको समयमा देवर कलेश्वर र देवरानी  अंचला देवी संग झगडा हुँदा दुबै जना मिलेर मलाई निर्घात कुटपिट गरे । शरीरको कुन अंग छैन त्यहाँ उनीहरुले कुटेन कान्तिले भने । आफनो ज्यान जोगाएर भागेर प्रहरीमा गए । प्रहरीमा निकै गुहार लगाउदा प्रहरी पनि समयमा आएन । उल्टै हप्काएर पठाएको कान्तिले दुखेसो पोखिन । उनी भन्छिन पैसा वालाले मात्रै न्याय पाउने, बेसहारा कहिले न्याय पाउदैनन उनी यसरी आफनो पिडा पोखिन ।
सम्वेदनशिल अंगमा समेत कुटपिट गरेको कुरा छोरी उर्मिलाले थाहा पाएपछि काका संग बादविवाद गर्दा जेठाजु शुकन महतो, रामजी महतो, देवर कलेश्वर महतो, देवरानी अंचला देवी र अरविन्द महतो मिलेर छोरीलाई निर्घात कुटपिट गरेर पासो लगाएर हत्या गरिदिएको कान्तिले तराई टप संग कुरा गर्दै भनिन ।
दिउसोको घटना अपरान्ह् ५ बजे प्रहरी पुग्दा घरमा बाहिरबाट बन्द रहेको र भित्र छोरी झुण्डिएको अवस्थामा थिए । विदेश जाने जाँगर भएकी मेरो छोरी आत्म हत्या गर्नै नसकिने दावी गरे । जेठाजु र देवरदेवरानी मिलेर हत्या गरेपनि प्रहरीले अहिले सम्म उनीहरुलाई समात्न हिम्मत गर्न सकेको छैनन् ।
आज घटना भएको ११ दिन वितिसकेको छ । जिल्लामा जाँदा इन्सपेक्टरले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै जाहेरी वा अन्यकुनै कारवाही गरिने भनिरहेको हुँदा प्रहरीले न्याय दिन्छ मलाई अब विश्वास लागेको छ्रैनन् उनले भनिन ।
अहिले पनि आफू राति अर्काको घरमा बसेर ज्यान जोगाईरहेको कान्तिले आँखाबाट आँसु झार्दै भनिन, जेठाजु सहितका पिडकहरुले गाउँघरमै सल्टि हाल नत्र भने छोरी जस्तै अन्जाम भोग्न तयार रहनु, १० धुर जग्गा मेरो नाममा पास गरिदेऊ नत्र अन्जाम धेरै खराव हुने भनेर धम्की दिदै आएको छ । यस्तो अवस्थामा घरमा कसरी बस्नु, प्रहरीमा जान्छु केही सुन्दैनन, काँग्रेसीहरुको बढि कुरा गाउँ र जिल्लामा सुनिरहदा म साह्रै अन्यायमा परेको छ, मलाई न्याय दिलाईदिनु भन्दै तराई टप संग कान्तिले गुहार लगाइन् ।
तिन छोरीको पहिलानै विहे गरेर घर बसिसकेको भएपनि उर्मिला मरिन अव कान्छि छोरी र बुहारी नाति र नातिनाहरु पनि यहाँ बसिरहेको छ तर मनमा  उनलाई पनि मार्ने डरत्रास उत्पन्न भएको बताउदै पिडकहरु छिमेकी गाउँमा र सीमापारी गएर बसेको भएपनि प्रहरी मुकदर्शक मात्रै बनेर बसेको उनले रौतहट प्रहरी माथि गम्भीर प्रश्न चिन्ह् खडा गरेका छन् ।
उनी संगै आएको एक जना गाउँलेले वडाध्यक्षको कुरा रेकर्ड सुरक्षित राखेको छ । जसमा २० बर्षीया उर्मिलालाई हत्या गरेर झुण्डयाइएको छ तर गाउँको पार्टीगत अवस्था अत्यन्तै खराव रहेको हुँदा आफू खुलेर भन्न नसकिने भनेको सुन्न सकिन्छ । गौर अस्पतालमा पोष्टमार्टम गरेका चिकित्सकले पनि व्यवहारिक रुपमा कुटपिटबाट हत्या भएको छ भने पनि आर्थिक चलखेलको आधारमा कानुनी रुपमा आत्महत्या नै देखाउने बढि सम्भावना रहेको ति व्यक्तिले भने ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख दिलिप घिमिरेले चैत ३१ गते परोहा ५ मा युवती झुण्डिएको बताउदै पोष्टमार्टम गरिएको छ, आज भोलीमै रिपोर्ट आएपछि मात्रै जाहेरी लिने बताए । पिडिता कान्तिले जेठाजु सहितमा मानिसहरु मिलेर हत्या गरी झुण्डयाइदिएको हो नी प्रश्नको जवाफमा अरुले हत्या गरेको सिमटम नदेखिएपनि मनुअघि केही भएको हुन सक्ने आशंकालाई नकार्न नसकिने उनले बताए । पोष्टमार्टम रिपोर्ट आउन दिनु हामी अनुसन्धान गर्दैछौं पीडक भन्नेहरु अहिले फरार रहेको हुँदा खोजी कार्य जारी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।