सर्लाहीमा बालबालिका र किशोरकिशोरीका लागि निःशुल्क कम्प्युटर कक्षाको उदघाटन

0 Shares
सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं. १ मा बागमती सेवा समाज नेपाल र हरिपुर्वा नगरपालिकाको सहकार्यमा बालबालिका तथा किशोरकिशोरीलाई लक्षित निःशुल्क कम्प्युटर कक्षाको उदघाटन भएको छ ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित बाल मैत्री सिकाई केन्द्रमा आयोजित उदघाटन कार्यक्रममा नगरप्रमुख विनोद कुमार साह, उपप्रमुख सुमित्रा देवी ग्वारीन र वडा अध्यक्ष श्यामबाबु रायले संयुक्त रूपमा कक्षाको शुभारम्भ गरे ।
बागमती सेवा समाजका परियोजना संयोजक प्रमेश बादेले सिकाई केन्द्रमा ३ कम्प्युटर, टेबल, कुर्सी, शैक्षिक पुस्तक र खेलकुद सामग्री उपलब्ध गराइएको जानकारी दिए । उनले भने, “बालबालिकाको मागअनुसार यो केन्द्र स्थापना गरिएको हो, जसले कम्प्युटर सीप, पठन संस्कृति र जीवन उपयोगी शिक्षा प्रदान गरी लागुऔषध, जुवातास जस्ता नकारात्मक गतिविधिबाट जोगाउनेछ ।”
नगरप्रमुख साहले सिकाई केन्द्रको अपनत्व ग्रहण गर्ने र नगरका सबै वडामा यस्ता केन्द्र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । वडा अध्यक्ष रायले बालबालिकाको उज्ज्वल भविष्यका लागि आफू सधैं तयार रहेको भन्दै अनुशासित रूपमा सीप सिक्न आग्रह गरे । सलेश बाल क्लबकी अध्यक्ष सपना ठाकुरले सहयोग प्रति कृतज्ञता व्यक्त गर्दै निःशुल्क कम्प्युटर शिक्षाको अवसरले आफूहरू उत्साहित भएको बताइन् ।
प्रशासकीय अधिकृत कुमार परियारले यस्ता पहलको निरन्तरताका लागि पालिका र वडाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख धनकुमारी खड्का, कार्यपालिका सदस्य, वडा सदस्य, अभिभावक, बाल क्लब र रुपान्तर समूहका सदस्यहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन बागमती सेवा समाजका फिल्ड मोबिलाइजर सुवोध कुमार महतोले गरेका थिए ।
यो पहलले बालबालिकाको शैक्षिक र व्यावसायिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।