सर्लाहीमा काँग्रेसको अधिवेशन गराउन चौथो निर्वाचन अधिकृत ज्ञवाली आए

   १७ मंसिर २०७८, शुक्रबार १६:१०  

तराई टप संवाददाता
सर्लाही, १७ मंसिर । नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन हुन एक साता मात्रै रहेको वेला सर्लाहीको आन्तरिक विवादको कारण चौथो पटक निर्वाचन अधिकृतको रुपमा अरुण ज्ञवालीलाई सर्लाही पठाएको छ ।
केन्द्रीय निर्वाचन समितिले पठाएका निर्वाचन अधिकृत अधिवेशन गराउन नसकेर राजीनामा दिँदै फर्किएपछि सर्लाहीमा अधिवेशन अनिश्चित बनेको हो । यसअघि केन्द्रले पठाएका तीन जना जिल्ला निर्वाचन अधिकृतले राजीनामा दिएपछि बिहीबार चौथो निर्वाचन अधिकृत पठाइएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले पहिलो पटक विनोद कार्कीलाई निर्वाचन अधिकृतका रुपमा सर्लाही आए तर उनले विवाद सुल्झाउन नसकेपछि राजीनामा दिए । त्यसपछि अधिवेशन गराउन दिवाकर पाण्डे सर्लाही पुगे । तर पाण्डेमाथि पार्टी कार्यालयमै आक्रमण भएपछि उनले महाधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिए ।
दुई जना निर्वाचन अधिकृतले राजीनामा दिएपछि कांग्रेसले भरत राउतलाई पठाएको थियो । उनले अधिवेशन प्रक्रिया अगाडि बढाए । उनले सर्लाहीमा दुई सय वडा रहेकोमा एक ९० वडामा वडा अधिवेशन सम्पन्न गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै