रौतहट, १३ वैंशाख । नेपाल भारत सहित तेश्रो मुलुक सम्म अबैध कारोवार गर्नमा खप्पीस रहेका बैरगनियाका हुण्डी कारोवारी दिलिप जयसवास समूह स्थान परिवर्तन गर्दै कारोवारलाई जारी राखेका छन् ।
भारत विहार राज्यको सीतामढी जिल्ला बैरगनिया घर भएका दिलिप जयसवाले आफनो हुण्डीको नेटवर्कलाई विस्तार गर्दै नेपाल भारतमा मात्रै सिमित नभई तेश्रो मुलुक सम्म आफनो अबैध कारोवारको साम्राज्य खडा गरेका हुन् ।
जयसवास समुह नामबाट चर्चित रहेका उक्त अबैध कारोवारलाई केही सुरक्षा अधिकारीहरुको साँठगाँठमा उनले आफनो अबैध साम्राज्यलाई विस्तार गर्न सफल भएको श्रोतले बतायो । पछिल्लो समयमा जयसवालको अबैध कारोवारका वारेमा केही संचारमाध्यमहरु निरन्तर रुपमा समाचार प्रकाशित गर्दै सम्बध निकायको ध्यानाकर्षण गराउदै आएपछि स्थान परिवर्तन गरी कारोवारलाई जारी नै राखेको ति श्रोतको दाबी छ ।
हुण्डी कारोबारी जयसवालको समूह अहिले भारत विहारको पूर्वी चम्पारणको फुलबरिया, ढाका, घोडासहान, चैनपुर, सीतामढी जिल्लाको मेजरगञ्ज, सोनवर्सा, त्रिभुवननगर भएर सर्लाही, रौतहट र बारा जिल्लाको विभिन्न चोर नाकाहरुबाट कारोबार सुचारु गरेका छन् ।
भारतीय सुरक्षा निकायका खुफिया विभागले बैरगनीयाका हुण्डी कारोबारी दिलिप जयसवाल र कौशल जयसवाल माथी निगरानी बढाएपछि ति समुह बैरगनीयाबाट फरार भएका जयसवाल समूह अहिले पूर्वी चम्पारणका फुलबरीया ढाका, घोडासहान, चैनपुरमा बसेर हुण्डीको रकम नेपाल पठाउने कार्यलाई निरन्तरता दिदै आएको ति श्रोतले बतायो ।
जयसवाल समूहले ढाकामा बसेर विशेष गरेर रौतहट जिल्लाको बंकुल र बारा जिल्लाको सिम्रौनगढ नाकाबाट कारोबार गर्नका लागि सेटिंग मिलाउने प्रयासमा लागेको समाचार स्रोतले जनाएको छ । ति श्रोतका अनुसार यस्ता कार्य गर्नेहरुको एक स्थानमा ठेगाना हुँदैन, पटक पटक ठेगाना परिवर्तन गर्दै हिड्ने गरेका छन् । जयसवाल समुहले नेपाल भारतमा मात्रै नभई तेश्रो मुलुकमा पनि यीनका कारोवारको संजाल फैलिएको हुँदा समयमा नियन्त्रणमा लिएर कारवाही गर्नुपर्ने माग गरे ।
जयसवाल समुहको अबैध संजालबाट दुबै देशलाई आर्थिक क्षति पुर्याउदै आएको हुँदा वेलैमा नियमनकारी निकायले यिनका संजाललाई तहसनहस गर्नु बाहेक अन्य कुनै विकल्प नरहेको श्रोतको भनाई रहेको छ ।
पिएसआर खबरको सहयोगमा तराई टप डेष्कले तयार पारिएका समाचार