सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटको १८ स्थापना दिवस भव्यताका साथ मनाइयो

0 Shares
रौतहट, १४ वैंशाख । सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हेडक्वाटर रौतहटको १८ स्थापना दिवशको अवसरमा विभिन्न कार्यक्रमहरु गरी भव्यताका साथ मनाइएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हेडक्वाटर हजमिनियाँ रौतहटमा आईतवार आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा छिन्नमस्ता बाहिनी वर्दीवास महोत्तरीका निमित्त बाहिनीपति एसएसपी सुर्यसेन वलीकले कार्यक्रमको उदघाटन गर्दै मन कर्म वचनले हामीले पाएका कार्यहरुलाई दायित्वबोध गरेर पूर्ण इमान्दारीका साथ पालना गर्नुपर्ने निर्देशन दिए ।
सीमानाकाको सुरक्षा, राजस्व चुहावट नियन्त्रण, पिलरहरुको सुरक्षा, सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई पूर्ण रुपमा निष्तेज पार्न अहोरात्र खटेर अपराध देखि लिएर राजस्व बढाउनमा महत्वपूर्ण भुमिका सशस्त्र प्रहरीको रहने भएको हुँदा उक्त कार्यमा पूर्ण इमान्दारीका साथ कर्तव्यनिष्ट भएर काम गर्नुपर्नेमा उनले जोड दिए ।
राजदेवी नगरपालिकाको नगरप्रमुख भिखारी प्रसाद यादवले सशस्त्र प्रहरीकै कारण सीमानाकाहरु सुरक्षित रहेको तथा सीमा क्षेत्रका गाउँहरुमा भारतीय अपराधीहरुले विगतका दिनमा अपराधिक घटनाहरु घटाउने कार्यहरु अहिले पूर्ण रुपमा बन्द रहेको हुँदा उनले सशस्त्र प्रहरीको कार्यशैलीको प्रशंसा गर्दै आभार व्यक्त गरे । साथै १८ स्थापना दिवशको सुखद उपलक्ष्यमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी परिवारको उत्रोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिए ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण का गणपति एवं सशस्त्र प्रहरीका एसपी सन्तोषकुमार बस्नेतले आफू आएदेखि नै अपराध देखि लिएर अबैध हतियार सहित मानिस पक्राउ गरेको, सिमानाकामा हुने चोरी एवं राजस्व चुहावटको कार्यलाई नियन्त्रण गर्न मालसामानहरु निरन्तर रुपमा नियन्त्रणमा लिने कार्य गरेको तथा अबैध हुण्डीको कारोवारीलाई नोट सहित पक्राउ गरेर कानुनी कारवाही गराएको हुँदा अझ प्रभावकारी बनाउन आम नागरिकहरुको सहयोगका अपेक्षा रहेको कुरा औल्याए ।
आज यस बर्षिकोत्सव कार्यक्रमलाई सभ्य एवं भव्य बनाइदिएकोमा प्रमुख अतिथि सहित विशिष्ट अतिथि लगायत सम्पूर्ण आगन्तुक प्रति आभार व्यक्त गरे ।
उक्त कार्यक्रमा प्रदेश साँसद नागेन्द्र साह, सुरक्षा निकायका प्रमुखहरु, नेपाल पत्रकार महासंघका अध्यक्ष संजयकुमार कार्की, रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवाल, सर्लाही, पर्सा, वारा जिल्लाका सशस्त्र प्रहरीका एसपीहरु, सशस्त्र प्रहरी प्रशिक्षालय पथलैयाका एसपी संजय मण्डल, विभिन्न गैर सरकारी संघ संस्थाहरुको प्रमुख एवं प्रतिनिधिहरु, संचारकर्मीहरु, पूर्व सशस्त्र प्रहरीहरु सहित सशस्त्र प्रहरी परिवारको उपस्थिति रहेको थियो ।
आजको १८ औं बार्षिकोत्सव कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेख कार्य गरे वापत दर्जनौं सशस्त्र प्रहरीका विभिन्न ओहदाका अफिसर देखि लिएर जवान सम्म सम्मानित गरिनुका साथै सशस्त्र प्रहरीद्वारा विभिन्न भेषभुषामा सज्जिएका गितसंगितको माध्यमबाट मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रस्तुत गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हजमिनियाँ रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।