नियमित विद्युत आपूर्ती गर्न जिल्ला प्रशासन कार्यालयमा छलफल

रौतहट, १७ कात्र्तिक । पछिल्लो केही साता देखि रौतहटमा नियमित बिधुत सेवा आपुर्ती हुन नसकेपछि सोको समाधानको लागि स्थानिय प्रशासनको रोहवरमा विद्युत प्राधिकरण वितरण केन्द्र गौर शाखा र रोकारवालाहरु विच छmलफल भएको छ ।
पछिल्ला केही साता देखि बिना सुचना पटक पटक बिधुत आपुर्ती ठप्प भईरहने समस्याबाट जनताहरु मर्कामा पर्दै आएको व्यापक जनगुनासो बढ्दै जाँदा जिल्ला प्रहरी कार्यालय गौरमा प्राधिकरणको वितरण केन्द्रका प्रमुख, मौलापुर वितरण केन्द्रका प्रमुख सहित संचारकर्मीहरु प्रमुख जिल्ला अधिकारीको रोहवरमा समस्या समाधन गर्ने तर्फ आवश्यक छलफल भएको हो ।
विद्युत आपुर्तीको समस्यालाई लिएर समस्या आईतवार साँझ जिल्ला प्रशासन कार्यालयमा बसेको संयुक्त बैठकमा ७ बुन्दे निर्णय गरीएको छ । विद्युत आपुर्ती प्रभावकारीताको लागी हुकिंग तथा चुवाहट नियन्त्रण गर्न नेपाल विद्युत प्राधिकरण गौर, चन्द्रपुर, मौलापुर बितरण केन्द्रले ब्यवस्थापन गर्ने छ । विद्युतको तारमा परालको समस्या देखिएकाले किसानलाई धान दाँई गर्दा सडक तथा विद्युतको हाइटेन्सन तारमा असर नपर्नेगरी कार्यगर्न सञ्चार माध्यम बाट सुचना प्रवाह गराउने । विद्युतको तार पोलिंग वा मर्मत संभार गर्नुपरेमा अग्रिम सुचना जानकारी गराउने र विद्युत अवरुद्ध हुन नदिने सहमती भएको छ ।
अनिवार्य रुपमा सडक बती बिहान निभाउने र बेलुकी बाल्ने गरी एक स्थानमा स्वीचको ब्यवस्था सम्बन्धीत स्थानियतहले मिलाउने निर्णय गरीएको छ । त्यसैगरी विद्युत चुवाहट नियन्त्रण कार्यमा प्राधिकरण कार्यालयको आवश्यक्ता माग बामेजिम सुरक्षाकर्मी परिचालनको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहयोग गर्नुपर्नेछ । समन्वय बैठकमा निर्णहरु कार्वान्यन विद्युत प्राधिकरण, प्रशासन संयन्त्र, सञ्कारकर्मी, र स्थानियतहले संयुक्तरुपमा सहयोग गर्नुपर्ने बैठकमा सहमती भएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।
सिडियो यादवको अध्यक्षतामा बसेको संयुक्त बैठकमा, नेपाल बिधुत प्राधिकरण मौलापुरका प्रमुख शक्ती साह, गौरका गोपाल यादव र चन्द्रपुर स्टेसन प्रमुखहरुका साथै सञ्चारकर्मी समेतको सहभागिता रहेको थियो।