प्रतिष्ठानको नाममा नेताहरुले लुट मचाईरहेका छन्ः प्रभु साह

0 Shares
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिष्ठान कब्जा गरेर पार्टी कार्यालय चलाउनु गलत भएको बताए ।
प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भने ‘सभामुख महोदय, देशका सम्मानिय प्रधानमन्त्रीज्यू सामाजिक कार्यका लागि निर्मित प्रतिष्ठानमा उहाँ को पार्टी कार्यालय संचालनमा रहेका हुन् ।
म सोध्न चाहन्छु तुलसीलाल अमात्य प्रतिष्ठान सामाजिक संस्था हो की व्यापारीक संस्था हो,’ आजपा अध्यक्ष साहले भने, ‘यदी सामाजिक संस्था हो भने जुसको लाईसेन्स लिएर मदिराको व्यापार गर्न मिल्छ कि मिल्दैन् ?’ मठमन्दिरमा बसेर मासु र रक्सीको व्यापार गरिरहेको अभाष भईरहेको उनले गम्भीर आरोप लगाए ।
प्रतिष्ठानहरु नेताको लुटने भाडो भएको बताउदै उनले सरकारी बजेट ल्याउने र ति संस्थाका आम्दानीहरु नेताको निजि स्वार्थमा प्रयोग गर्ने काम गलत भएको बताए । ‘आज संघसंस्थाहरु लुटको अखडा बनेको छ । नेपाली जनताको खुनपसिनाको लाखौं करोडौं रकम यसरी दुरुपयोग भईराख्दा त्यसलाई नियमन गर्नुपर्ने होईन र ? नियमन गर्नुपर्ने जिम्मेवारीमा रहेका हाम्रा प्रधानमन्त्रीज्यू त्यसमा आफै मतियार बनेपछि अब न्याय माग्न कहा जाने ? आजपा अध्यक्ष साहले गम्भीर प्रश्न गरे ।
प्रतिष्ठान र संघसंस्थाहरु पथभ्रष्ट हुँदा त्यसलाई नियमन गर्नुपर्ने उनले बताए । तर सुशासनको जिम्मेवारी लिएका प्रधानमन्त्रीबाटै कानुन उल्लंघन हुँदा विधिको शासन कहाँ खोज्ने भन्दै उनले प्रश्न उठाए ।
‘प्रतिष्ठानहरुको एउटा आफ्नै चरित्र हुन्छ । तुलसीलाल अमात्य भनेको एउटा सम्मानित व्यक्तित्व हो, हाम्रो गौरब हो । उहाँ (तुलसीलाल) को सम्मानलाई हामीले कमजोर वा नजरअन्दान गर्न मिल्दैन् । उहाँ (तुलसीलाल) को मान–प्रतिष्ठामा आच हुने गरी जो काम भईरहेको छ त्यो हामीलाई स्वीकार्य छैन्,’ आजपा अध्यक्ष साहले भने, ‘यदी त्यो व्यापारीक संस्था नै हो भने बढाबढ गर्न सक्नुपथ्र्यो ।
हाम्रो आम जनता पार्टीले पनि घरभाडामा खोजिरहेको छ । म एमालेभन्दा बढी भाडा दिन तयार छु, हामीलाई दिनुपर्यो । हैन भने सामाजिक संस्था हो भने त्यसको लेहाज गर्नुपर्यो । त्यो लेहाजलाई छोड्ने होईन् ।’
एमाले भनेको अर्बपति कल्बमा पुगेको सबैभन्दा धनी पार्टी भएको बताउदै उनले १० बर्ष अघि भूकम्पबाट क्षति हुँदा अहिले सम्ममा पनि आफ्नो पार्टी कार्यालय निर्माण गर्न नसक्नु प्रधानमन्त्री ओलीकै कमजोरी भएको बताए ।
‘एमाले भनेको देशको सबैभन्दा धनी पार्टी हो । लाखौं कार्यकर्ताबाट करोडौं आम्दानी आईरहेको अर्बपति कल्बको साझेदार पार्टी हो भनेर मैले बुझेको छु । त्यो पार्टीको आफ्नो कार्यालय नहुने, कहिले पासाङ ल्यामु शेर्पाको प्रतिष्ठान कब्जा गर्ने त कहिले तुलसीलाल अमात्य प्रतिष्ठानको औफिस कब्जा गर्ने त कहिले व्यापारीको शरणमा (मोतीलाल दुगड लक्षित गर्दै) पुग्नुभन्दा आफ्नो पार्टी कार्यालय बनाउँदा पार्टीको गरिमा बचाउँन सकिन्थ्यो,’ आजपा अध्यक्ष साहले भने ।
सामाजिक संस्थामा भईरहेको लुट, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउदै उनले कानुन सबैमा लागु हुनुपर्ने बताए । सरकारी अनुदान लगेर दुरुपयोग गर्ने अधिकार कोही कसैलाई नभएको उनले बताए । साथै उनले च्यासल स्थित तुलसीलाल अमात्य प्रतिष्ठानबाट एमाले पार्टी कार्यालय तुरुन्त हटाउनुपर्ने माग समेत गरेका छन् ।
‘एमालेको आफ्नै ठाउँ मदन नगर बल्खुमा त्यत्रो जग्गा छ । त्यही पार्टी कार्यालय बनाए हुन्छ । एमालेको गौरबलाई अगाडी उठाउनुस् । अब प्रधानमन्त्रीज्यू तपाईको ऐज पनि कटिन लाग्यो, युवाहरुको भविष्य हेरेर पनि अगाडी बढनुस् । रौतहटले चिनेको व्यक्तित्व हो । हामीलाई पनि त्यतिकै हक लाग्छ । त्यो संस्था भनेको सामाजिक कार्यका लागि बनेको संस्था हो । राष्ट्रिय व्यक्तित्व हो । कुनै एउटा व्यक्ति वा समूहको बनाउनु हुदैन् । त्यसकारण भन्छु प्रतिष्ठानका पदाधिकारीहरुलाई कानुन थाहा छैन भने थाहा दिनुपर्यो । यसरी मनोमानी गर्न मिल्दैन् ।’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।