सर्लाही, १८ वैंशाख । समाजिक सञ्जालमा भाइरल भएको भिडियो जसपा नेपालको नेतृ डा. बबी सिंह यादवले गएको वैशाख ११ गते मलंगवामा हल्दी–मेहदी कार्यक्रममा पेस्तोल पड्काएको खुलासा भएको छ ।
जता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय नेता डा. बबी सिंह यादवले पेस्तोल पडकाएको भिडियो भाइरल बनेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नम्वर ५ भाँडसर स्थित बसन्त कुमारको छोरी सुप्रिया कुमारीका विहे अघि वैशाख ११ गते हल्दी–मेहदी कार्यक्रममा उनले पेस्तोल पडकाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान पश्चात खुलासा गरेको हो ।
सप्तरी जिल्ला बोदेबर्साईन नगरपालिका वडा नम्वर ५ बस्ने डा धर्मेन्द्र यादवको श्रीमती डा बबी सिंह संग जिल्ला प्रहरी कार्यालय सप्तरीले सोधपुछ गर्दा उनको वयानको आधारमा मलंगवा नगरपालिका २ अञ्जनी तिलहरीको घरबाट उक्त पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सप्तरी प्रहरीको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक कमल शाहीको कमाण्डमा खटिएका टोलीले अञ्जनीको घरबाट रेन्जर टोय गन लेखिएको नक्कली जस्तो देखिने पेस्तोल एक थान र एक थान गोली बरामद गरिएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले बरामद पेस्तोलबाट नेतृ सिंहले वैशाख ११ गते हल्दी मेहदी कार्यक्रममा पड्काएको बताए ।
बरामद गरिएका रेन्जर टोय गन नक्कली भएपनि सोको आवश्यक अनुसन्धान भईरहेको तथा बरामद गोलीको परिक्षण गर्न विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाउने तयारी भईरहेको डिएसपी राईले जानकारी दिए । पडकाएको स्थानमा पनि प्रहरी परिचालन गरेर वास्तविक्ता बुझ्ने कार्य जारी रहेको उनले बताए ।
मामाको छोरी सुप्रियाकुमारीको विहे वैशाख १२ गते भारतको सीतामढीका युवकसँग विवाह हुने अघि हल्दी मेहदी कार्यक्रममा मामा घरमा उपस्थित भएका नेतृ सिंहले पड्काएको पेस्तोल नक्कली खेलौना रहेको र त्यसमा प्रयोग गर्ने गोलीमा केही बारुदको केही अंश भएको खुलेको छ ।
नेृत सिंहले नाचेको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडिओमा सिंहसँगै अन्य मानिस पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउन्ड ‘हवाई फायर’ गर्दा धुवाँ उडेको दृश्य पनि भिडिओमा देखिन्छ । त्यसपछि अर्का युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।
जसपा नेपालको केन्द्रीय उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।
प्रहरीले नेतृ सिंह संग सोधपुछ गरिरहेको तथा परिक्षण पश्चात कारवाही चलाउने अवस्था आएभने जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मुद्दा चल्ने छ प्रहरी श्रोतबाट बुझियो ।