नेपालमा पनि ओमिक्रोनको संक्रमित फेला परे स्वास्थ्य मन्त्रालय

   २० मंसिर २०७८, सोमबार १४:४४  

तराई टप संवाददाता
रौतहट, २० मंसिर । स्वास्थ्य मन्त्रालयले नेपालमा पनि कोराना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन प्रवेश गरिसकेको पुष्टि गरेको छ ।
मन्त्रालयले सोमवार गरेको पत्रकार सम्मेलनमा सह प्रवक्ता समीर अधिकारीले एक जना विदेशी नागरिकको सम्पर्कमा आएको ७१ बषिय नेपाली नागरिकमा ओमिक्रोन संक्रमण भएको बताए । एक ६६ बर्षिय विदेशी नागरिक दक्षिण अफ्रिका हुँदै त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थल हुँदै नेपाल प्रवेश गरे । विमानस्थलमा मंसिर ७ गते पिसिआर परिक्षण गरियो र उनले दुवै खोप लगाइको पनि पाइयो ।
विदेशी नागरिकको पिसिआर रिपोर्ट निगेटिभ आएको थियो । तर कोभिड १९ बाट मिल्दाजुल्दा लक्षणहरु देखिए पछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिंग विधिबाट परिक्षण गर्दा मंसिर १९ गते ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको उनले बताए ।
विदेशी नागरिक संगै नेपाली नागरिकलाई नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा राखिएको छ । हाल सम्म उनीहरुमा कुनै लक्षणहरु नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जनाइएको छ । ति दुवै व्यक्तिको सम्पर्कमा आएका ६६ जनाको कन्ट्रयाक्ट ट्रेसिंग गर्दा सबैको नजिता निगेटिभ आएको र सबै स्वास्थ रहेको पाइएको छ । २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पहिलो पटक पहिचान भएको थियो । यो भेरियन्ट ३६ राष्ट्र भन्दा बढी देशहरुममा फैलिसकेको छ ।
विश्व स्वास्थ्य संगठनले गरेको आकलन अनुसार दक्षिण पुर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको चेतावनी दिएको छ । छिमेकी मुलुक भारत सहित दक्षिण एशियाका केही देशमा ओमिक्रोनको पुष्टि भईसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै