रौतहट, २१ वैंशाख । पूर्व पश्चिम राजमार्गको रौतहट सडक खण्डमा आईतवार विहान कार र मोटरसाइकल जध्दा बुवाछोरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी भएको प्रेस नोटमा, पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ४ पश्चिम लचकामा पश्चिमबाट पूर्व तर्फ आउदै गरेका बा ६ च ३५२६ नम्बरको कारले विपरित दिशा तर्फ गईरहेका ना ३ प ९५१२ नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकलमा सबार बुवाछोरीको मृत्यु भएको हो ।
मोटरसाइकल चालक रौतहट जिल्ला गरुडा नगरपालिका वडा नम्वर ३ मलाहीटोलका ६० बर्षीय बलिराम सहनी र पछाडी सवार ४० बर्षीया निजको छोरी उर्मिला देवी सहनी गम्भीर घाइते भएकी थिइन् ।
आज विहान ६.२० मिनेटमा भएको उक्त दुर्घटनामा परेर बलिरामको दाहिने खुट्टा, ढाड र अण्डकोषमा गम्भीर चोट लागेपछि तत्कालै हाइवे ट्रमा सेन्टरमा पठाउदा चिकित्सकले मृत घोषित गरेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले ढाँडहात चोट लागेर घाइते उर्मिलालाई एलएस न्यूरो अस्पताल बारा पठाएपनि ९.१५ बजेको समयमा उनको मृत्यु भयो ।
दुर्घटना पछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले कार चालक हेटौडा उपमहानगरपालिका वडा नम्वर १२ का ४३ वर्षीय कुमार पोख्रेललाई नियन्त्रणमा लिएको आवश्यक अनुसन्धान भईरहेको तथा मृतकको शव पोष्टमार्टमका लागि चन्द्रपुर अस्पतालमा राखिएको जानकारी डिएसपी रायले दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन