सुधार गृह हो कि यातना गृह ?

0 Shares
फोटो क्याप्सनः गौर नगरपालिका वडा नम्वर ४ स्थित राइजिङ सुधार केन्द्रमा युवकलाई चार जना मिलेर चरम यातना दिदै गरेको तस्वीर समाजिक संजालमा भइरल भएको भिडियोबाट बनाइएको तस्वीर हो ।
तराई टप डेष्क
रौतहट, २२ वैंशाख । मानिसको सामान्य व्यवहारमा परिवर्तन आएपछि परिवारद्वारा पूर्वतः ढंगमा फर्किने उद्देश्य लिएर सुधार केन्द्रमा राख्ने गर्दछ तर सुधारको नाममा उक्त सुधार गृह यातना गृहमा परिवर्तन भएको पाइएका छन् ।
रौतहट सदरमुकाम गौर नगरपालिका वडा नम्वर ४ स्थित रहेका राइजिङ सुधार केन्द्रमा एक युवकलाई तीन जनाले समातेको र अर्को व्यक्तिले पैतालामा सेतो देखिने प्लाष्टिकको लौरोले निर्घात गरिरहेको भिडियो अहिले समाजिक सञ्जालमा निकै भाइरल बनेका हुन् ।
चार जना मिलेर एक जना युवकलाई निर्घात कुटपिट गरिरहदा अलिकति पनि मानविय सम्बेदना नभएका ती व्यक्तिहरुको कर्तुतलाई भित्रबाट वा कुने बाहिरको व्यक्तिले भिडियो बनाई, ब्याकग्राउण्डमा संगीत बजाएको भिडियो यतिखेर निकै भाईरल बनेको छ । .
मानसिक अवस्था ठिक नभएको व्यक्तिलाई सुधार गृहमा राखेर उसको अहार विहारमा परिवर्तन हुने उद्देश्यका लागि राखिएको हुन्छ तर सुधारको नाममा उक्त गृहमा चरम यातना दिने कार्य भईरहेको भाईरल भिडियोमा देख्दा मानव संवेदनाका पराकाष्ठा नाघेको देखिन्छ । त्यस्ता सुधार गृहको आडमा यातना केन्द्र संचालन गर्ने तथा त्यसमा कार्यरत कर्मचारीहरुलाई कानुनी दायरामा ल्याई कानुन बमोजिम कारवाही गरिनुपर्ने माग उठ्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले के भन्छन् ?
भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय रौतहट हर्कतमा आएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्वर ८ घर भएका सुधार केन्द्रका संचालक सुरज गुप्तालाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर उक्त भिडियोमा देखाइएका यातनाको बास्तविक्ता बुझ्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले बताए ।
प्रारम्भीक अनुसन्धानबाट भाइरल भिडियो पुरानो भएको र यातना सहिरहेका युवक २०८१ मंसिर १५ सुधार केन्द्रबाट डिष्चार्ज भईसकेको तथा यातना दिने व्यक्ति पनि केन्द्रमा नरहेको उनले बताए । प्रहरीले सुधार केन्द्रमा गएर त्यहाँ रहेका ८ जनालाई सोधपुछ गर्दा सबै नयाँ रहेको र एक जना मात्रै तिन महिना देखि उक्त सुधार केन्द्रमा रहेको बुझिएको डिएसपी रायले जानकारी दिए ।
“डिएसपी रायका अनुसार भिडियो पुरानो रहेको, भिडियो बनाउने व्यक्ति पनि सम्पर्कमा नरहेको, यातना पाउने युवक डिष्चार्ज भईसकेको, यातना दिने धेरै पहिला गईसकेको, प्रहरीले अनुसन्धान गरिरहेको छ, यदी पीडित व्यक्ति सम्पर्कमा आएमा वा अहिले पनि त्यस्तै हर्कत भईरहेको अनुसन्धानबाट खुलेमा संचालक विरुद्ध कारवाही गरिने छ” उनले भने ।
बारा जिल्लामा यस्तै यातना दिएर एक जना विरामीको हत्या गरिएको थियो । पछि निकै चलखेल पछि तिनीहरुलाई सामान्य तारेखमा छाडिएको घटना सेलाउन नपाउदै गौरमा चरम यातनाको भिडियो भाईरल गरिनुको पछाडीको राज के होला ? यस्तो भिडियो भाइरल गरेर कस्तो सन्देश दिन खोजेको होला ? यो संयोग मात्रै हो कि प्रयोग गरिएको छ, यी सबै उत्सुक्ताको जवाफ प्रहरीले गर्ने अनुसन्धानमा भर पर्ने देखिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।