रिसिबी साध्न पसलमा आगजनी गराई मानिस मार्ने षड्यन्त्रः पीडित रुदल साहको गम्भीर आरोप

0 Shares
रौतहट, २२ वैंशाख । रौतहट गरुडा नगरपालिका वडा नम्वर ५ स्थित नितेश मसला उद्योग एण्ड किराना पसलमा आईतवार राति आगो लगाएर भित्र सुतेका मानिस मार्ने षड्यन्त्र भएका छन् ।
गरुडा नगरपालिका वडा नम्वर ५ शिवनगर महादेव स्थान जानेबाटोमा रहेका नितेश मसला उद्योग एण्ड किरानाको शाखा पसलमा गएराति साढे १० बजेको समयमा खाना खाएर पसल संचालक रुदल साह कानु, उनको श्रीमती रामकुमारी देवी र १० बर्षीय छोरा नितेशकुमार साह सुतिरहेको अवस्थामा बाहिरबाट पेट्रोल छर्केर आगो लगाइएका थिए ।
आगो लागेपछि छिमेकीहरुले हो हल्ला गरेपछि उनीहरु तत्कालै बाहिर निस्केर स्थानीय बासिन्दाहरु र प्रहरीको सहयोगमा आगो निभाएर ठूलो मानविय क्षति हुनबाट जोगिएका हुन् ।
पसलमा जडान भएका सिसिटिभी फुटेजलाई प्रहरीले अनुसन्धान गर्दा गरुडा नगरपालिका वडा नम्वर २ गेडही गुठीका रामविनय साह कानुको २० बर्षीय छोरा विकास साह र दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ घर भएका शंकर साहको ५२ बर्षिय छोरा गोपाल साहले बोटलमा पेट्रोल बोकेर आएको तथा पेट्रोल छर्की आगो लगाई त्यहाँबाट फरार भएको पिडित रुदल साहले जानकारी दिए ।
पसल संचालक साहले इलाका प्रहरी कार्यालय शिवनगरलाई दिएको निवेदनमा उक्त आगलागिबाट पसलमा पाँच लाखको क्षति भएको र हाम्रो परिवार सहित मार्ने प्रयास गरेको देखियो । यसरी जघन्य अपराध गर्ने पीडकहरुलाई अविलम्ब पक्राउ गरेर हदै सम्मको कारवाही गर्न माग प्रहरी संग गरे ।
पुरानो रिसिवी चल्दै आएको हुँदा आफनो परिवार सहित मार्ने दुष्प्रयास गरेको हुँदा निजहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन प्रहरी संग जोडदार रुपमा माग गरे ।
यस विषयमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले प्रहरी निरीक्षक सहितको टोली खटाएर शिवनगर नितेश मसला उद्योग एण्ड किराना पसलमा भएको आगलागिको बास्तविक्ता बुझ्ने कार्य भईरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।