रौतहट, २३ वैंशाख । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले राष्ट्रिय विभुतिको रुपमा रहेकी माता सीता (जानकी) नवमीका दिन ओली सरकार विदा किन किन बिर्षिएको होला गम्भीर प्रश्न उठाए ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै आजपा अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार २१ औं शताब्दीमा लैंगिक भेदभाव कसरी गरिरहेको छ सोको ज्वलन्त उदाहरण राष्ट्रिय विभुति माता सीताको जयन्तीका दिन विदा नदिएर विभेद गरेको बताएका हुन् ।
‘सम्मानिय सभामुख महोदय, आज माता सीता (जानकी) को जन्मदिन हो । जानकी जयन्तीको अवसरमा म सबैमा शुभकामना व्यक्त गर्न चाहन्छु । म ओली सरकार संग सोध्न चाहन्छु, जानकी जयन्तीको बारेमा सरकारलाई थाहा छ की छैन् ?,’ आजपा अध्यक्ष साहले भने, ।
‘श्रीरामको जन्मदिन रामनवमी हामी मनाउँछौं त्यो खुशीको कुरा हो, सरकारले विदा पनि दिन्छ । तर जानकी जयन्तीलाई किन बेवस्ता गरेको भन्ने प्रश्न गर्न चाहन्छु ? के अहिलेको २१ औँ शताब्दीमा लैंगिक विभेद गर्न मिल्छ ?’ साहले सदनमा गम्भीर प्रश्न उठाए ।
विश्वका अन्य व्यक्तिको जन्मदिन धुमधामसंग मनाउने गरिएको बताउदै उनले आफ्नै देशको राष्ट्रिय विभुतिलाई विर्सिन नसकिने बताए । तर सरकारले सीता जयन्तीमा विदा नदिने, जन्मजयन्ती नमनाउने गरेको प्रति उनले उनले आपती जनाए । जानकी जयन्ती नमनाएर सरकारले लैंगिक विभेद गरेको आरोप समेत लगाए ।
‘म कुनै बेला अहिलेको प्रधानमन्त्री ओलीकै क्याविनेटमा थिए । र मैले धेरै प्रयास गरे, विदा नदिए पनि क्यालेन्डरमा ठाउँ दिनुस् । ताकी नेपाली जनतालाई थाहा होस् की सीता जन्मेको दिन र मिति कुन हो । कंयौं व्यक्ति जन्मे तर उनका जन्ममिती हामीलाई थाहा छैन् । तर सीताजीको जन्मदिन त सबैलाई थाहा छ । त्यसलाई इन्ट्री गर्न पनि (ओली) मान्नु भएन्,’ आजपा अध्यक्ष साहले भने, ‘म नेपाली कांग्रेसलाई भन्न चाहन्छु । अहिले त तपाईहरु त्यहाँ हुनुहुन्छ क्याविनेटमा, अलिकति त विचार गर्नुस् । राष्ट्रिय विभुतिको अपमान गर्ने छुट कसैलाई छैन् ।’
सीता राष्ट्रिय विभुति भएको र देशदुनियाले भगवानको रुपमा पुजा समेत गर्दै आएका छन् । म सरकारको गम्भिर ध्यानाकर्षण गराउँन चाहन्छु आउँने बर्षको क्यालेण्डरमा सीता जयन्ती कायम होस् ।