फतुवा विजयपर नपामा व्यापक आर्थिक अनियमितता विरुद्ध आन्दालन गर्ने मेयर प्रत्यासी सुरेन्द्र यादवको चेतावनी

394 Shares

संजय मिश्रा
कटहरिया (रौतहट), २० मंसिर । रौतहटको दुर्गम नगरपालिकाको रुपमा परिचित रहेका फतुवा बिजयपुर नगरपालिकाका शिक्षा क्षेत्रमा भैरहेको भ्रष्टाचार बारे सोधपुछ गर्दा प्रहरीले ४ घन्टा थुनामा राखेको भन्दै माओवादी पार्टीका मेयर प्रत्याशी सुरेन्द्र यादवले आन्दोलनको घोषणा गरेका छन ।
नगर शिक्षा संयोजक हरेन्द्र यादव संग शिक्षा संबंधी विभिन्न शिर्षकमा आएको लाखौं रुपैयाको अनियमितता बारे सोधपुछ गर्दा आर्थिक प्रलोभनमा परेर ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर बिष्णु बिश्वकर्माले आफू र भाई नवलकिशोर यादव लाई बिनाकारण थुनेर बेईजती गरेको मेयर प्रत्याशी यादवले गुनासो गरे ।
उता नगरपालिकाका कार्यालयमा गएर शिक्षा संयोजक हरेन्द्र यादवलाई हातपात भएको सूचनाको आधारमा तत्काल शान्ति सुरक्षाको लागि मेयर प्रत्याशी सुरेन्द्र यादव र उनका भाई नवलकिशोर यादव लाई केही समय नियन्त्रण पछि छोडिएको तथा कुनै प्रकारको आर्थिक चलखेल नभएको ईन्स्पेक्टर बिश्वकर्माले जानकारी दिए ।
फतुवा बिजयपुरका नगर शिक्षा संयोजक यादव र मेयर गोपाल यादवको मिलोमतोमा बालबालिकाको लागि बितरण हुने सेनिटरी प्याड र शिक्षाको विभिन्न शिर्षकको लाखौं रकम अनियमितता गरेको बारे आफू माओवादी पार्टीको मेयर प्रत्याशिको हैसियतले सोधपुछ मात्र गएका थिए नेता सुरेन्द्र यादवको भनाई छ ।
फतुवा बिजयपुरमा शिक्षाको नाउँमा भैरहेको भ्रष्टाचार बारे आफुले आवाज उठौंदा एकजना पुर्व सांसदले गृहमन्त्री मार्फत प्रहरी माथि दवाब दिएको र नगरपालिकामा हालै नया प्रमुखको रूपमा आएका ओमप्रकाश यादव, मेयर गोपाल यादवले ईन्स्पेक्टर बिष्णु बिकलाई मोटोरकम दिएर दाजुभाइ लाई थुनेर राजनीतिक चरीत्र हत्या गरेको यादवले गम्भीर आरोप लगाए ।
शिक्षाको नाउँमा आउने लाखौं लाख रकममा एकजना पुर्व सांसद,मेयर र शिक्षा संयोजकले भागबन्डा गरिरहेकाले त्यसको छानबिन हुनुपर्ने माग सहित नगरपालिका र प्रहरी प्रशासनको विरुद्ध आजैदेखि आन्दोलन सुरु गरेको छ । सयौंको संख्यामा प्ले कार्ड बोकेर नगरपालिकामा भईरहेको आर्थिक अनियमिततालाई ढाँकछोप गर्न प्रहरी लगाउने विरुद्ध कठोर कदम चाल्ने, प्रहरी प्रशासन विरुद्ध चर्का नाराबाजी समेत गरेका छन् ।
शिक्षा संयोजक हरेन्द्र यादवले गत आर्थिक बर्षमा विद्यार्थी लाई भर्चुअल शिक्षा दिने नाउँमा नगरपालिकाबाट पेस्की लिएको २९ लाख रुपैयाको हालसम्म फर्छौट गर्न सकेका छैनन् । त्यसैगरी बालिकाहरुलाई सेनिटरी प्याड बितरण गर्न गत आवमा झन्डै १७ लाख रुपैया निकासा भएको थियो । हालसम्म कुनै बिधालयको बालिकालाई सेनिटरी प्याड बितरण नभएको र उक्त रकम नगर शिक्षा संयोजक, मेयर गोपाल यादव र एकजना पुर्व सांसदले भागबन्डा गरेकाले त्यसको छानबिन हुनुपर्ने मेयर प्रत्याशी सुरेन्द्र यादवले माग गरेका छन ।
फतुवा बिजयपुर निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवले गत आवमा नगरपालिका बाट भर्चुअल शिक्षा र सेनिटरी प्याड बितरणको लागि बर्तमान शिक्षा संयोजक हरेन्द्र यादव र यस अघिका संयोजक बुनिलाल यादवले लिएको पेस्की हालसम्म फर्छयौट गर्न नसकेको स्वीकार गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार