पाकिस्तान माथि गरिएको एयर स्ट्राइक वारे भारतले अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराए

0 Shares

भारतले पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीको बारेमा अन्तर्राष्ट्रिय समुदायहरूलाई जानकारी गराएको छ । समाचार संस्था रोयटर्सका अनुसार भारतका वरिष्ठ अधिकारीहरूले अमेरिका, बेलायत, साउदी अरब, यूएई र रूसका समकक्षीहरूलाई सैन्य कारबाहीको बारेमा जानकारी गराएका छन् ।
वाशिंगट डिसीस्थित भारतीय दूतावासले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अमेरिकी विदेशमन्त्री तथा अमेरिकी कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोसँग कुराकानी गरेको बताएको छ । यो जानकारी विज्ञप्तिमार्फत दिइएको हो ।
यसैबीच, अमेरिकी विदेशमन्त्री रुबियोले भारत र पाकिस्तानको अवस्थाको निगरानी गरिरहेको बताएका छन् । सामाजिक संजाल एक्समा पोष्ट गर्दै निगरानी गरिरहेको बताएका हुन् ।
यसअघि, उनले वाशिंटन डिसीस्थित ह्वाइट हाउसबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारतको कारबाहीबारे मिडियाको प्रश्नको जवाफमा यसलाई दुःखद् र चाँडै समाप्त हुने आशा गरेको बताएका थिए ।
रुबियोले ट्रम्पको टिप्पणी दोहोर्‍याउँदै यो तत्काल समाधान हुने आशा व्यक्त गरे । उनले भारत र पाकिस्तानी नेतृत्वसँग शान्तिपूर्ण समाधानको लागि सम्पर्क जारी राख्ने पनि बताए ।
यसबाहेक संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भारतले गरेको सीमा नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमा पार सैन्य कारबाहीबाट धेरै चिन्तित बनेको बताउँदै दुवै देशलाई संयम हुन अपिल गरेको उनका प्रवक्ताले बताएका छन् ।
गुटेरेसका प्रवक्ताले संयुक्त राष्ट्रसंघका महासचिव भारत र पाकिस्तानबीच बढ्दै गरेको सैन्य टकरावबाट धेरै चिन्तित र दुवै देशले अधिकतम संयम कायम राख्न आग्रह गरेका छन् । उनले विश्वले भारत–पाकिस्तानबीचको सैन्य टकरावको जोखिम व्यहोर्न नसक्ने उल्लेख गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।