zoom download free laptop espanol - zoom download free laptop espanol zoom login online australia join zoom meeting online zoom app for inmates zoom cloud hd meetings download for pc

ब्राउन सुगर सहित पर्सामा २ पक्राउ

   २० मंसिर २०७८, सोमबार १६:५५  

तराई टप
वीरगञ्ज, २० मंसिर । खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका १० घडिअर्वा निवासी २६ बर्षिय रामबाबु ठाकुर र वडा नम्वर १२ निवासी २१ बर्षिय सहजाद मन्सुरीलाई ना. ५६ प ५४१७ नम्बरको मोटरसाइकलको ट्याकीमा कालो प्लाष्टिकले वेरिएको सात प्याकेटमा ३.५ ग्राम लागु औषध खैरो हेरोइन सहित पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका दुवै जनालाई लागुऔषध ऐन अन्तर्गत न्यायिक हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको पर्सा प्रहरीको प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै