नयाँ दिल्ली, २४ वैंशाख । भारतीय सेनाले आफनौ सौर्यको परचम लहराउदै पहलगाम आक्रमणका बदला लिदै ९ आतंकबादी संगठनको मुख्यालयलाई ध्वस्त पारेका छन् ।
प्रतिबन्धित आतंकबादी संगठनहरु जैश–ए–मोहम्मद, लस्कर–ए–तैयबा र हिजबुल मुजाहिद्दीनको आतंक मुख्यालयलाई ’अपरेशन सिन्दूर’ अन्तर्गत निशाना बनाउदै पाकिस्तान र पाकिस्तान–कब्जा–कश्मीरमा अवस्थित ९ अदृष्य स्थानहरुमा रहेका मुख्याललाई टार्गेट बनाइएको भारतीय अधिकारीहरुले बुधवार जानकारी दिएका हुन् ।
अधिकारीहरुका अनुसार सटीक अपरेशनमा मारिएका लक्ष्यहरूमध्ये बहावलपुरमा मरकज सुभान अल्लाह, तेहरा कलानमा सरजल, कोटलीको मरकज अब्बास र मुजफ्फराबादको सैयदना बिलाल क्याम्प (सबै प्रतिबन्धित जैश–ए–मोहम्मद आतंककारी समूह) थिए ।
मुर्डिकेमा मरकज तैबा, बर्नालामा मरकज अहले हदीस र मुजफ्फराबाद (सबै प्रतिबन्धित लश्कर–ए–तैयबा) मा श्वाई नल्ला शिविर र कोटलीमा मकाज राहिल शाहिद र सियालकोटको मेहमुना जोया (प्रतिबन्धित हिजबुल मुजाहिद्दीनका शिविर र प्रशिक्षण केन्द्रहरू) लाई लक्षित गरेर ध्वस्त पारिएको छ । उक्त अपरेशनलाई प्रधानमन्त्री मोदी स्वंयम निगरानी गरिरहेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन